2026-07-03 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेत्र अधिकारीलाई अबसर र चुनौती दुवै

2017-12-04

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पर्वतका इन्चार्ज नेत्र अधिकारी (हिमाल) पर्वत क्षेत्र नं १ बाट प्रदेशसभातर्फ उम्मेदवार छन् । पहिलो संविधानसभामा पर्वतबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनिसकेका अधिकारी बामगठबन्धनको तर्फदेखि प्रदेशसभामा उम्मेदवार बनेका हुन् ।
एमाले–माओवादी केन्द्रकोे गठबन्धनका साझा उम्मेदवार बनेका हिमाललार्ई पर्वता क्षेत्र नं १ बाट विजयी बन्न जति अवसर छन् त्यति नै चुनौती पनि देखिएका छन् ।
७ हजार मतले अगाडि
गत स्थानीय तह निर्वाचनको मत आँकलनमा पर्वतमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार बढी मतले अगाडि छ । पर्वतका सात स्थानीय तहमध्ये तीन बाहेक सवै स्थानीय तहमा बामगठबन्धनको मत बढी छ । पहिलो संविधानसभामा माओवादीले प्राप्त गरेको मत भनेको ७ हजार हो । स्थानीय तहको निर्वाचनमा माओवादीले जिल्लाभरीबा ५ हजार ८ सय ९४ मत पाएका थिए ।
नेपाली काङ्ग्रेसले २९ हजार १२ मत, नेकपा एमालेले २९ हजार ३ सय ९० मत छ भने अन्य दलहरुको ५ सयको हाराहारीमा मत देखिन्छ । प्रदेश सभाको निर्वाचनका लागि पर्बत क्षेत्र नम्बर १ मा ५८ हजार ८ सय २१ जना मतदाता रहेका छन । जसमा ३० हजार ४ सय महिला र २८ हजार ४ सय २९ पुरुष रहेका छन् । बामगठबन्धनको मत नेपाली काँग्रेसको भन्दा कम देखिन्छ ।
योगदानको प्रभाव
नेपाली राजनीतिमा उनले जिल्लाको विकासको लागि गरेको प्रभावले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । पहिलो संविधानसभाको निर्वाचनमा पराजय भएपनि जिल्लाको विकासका लागि उनले खेलेको भूमिका र योगदाले पनि प्रभाव पार्ने देखिन्छ । सरल नेताका रुपमा रहेका उनी अझसम्म कुनै पनि अभियोगमा फसेका छैनन । जसका कारण पनि उनको छविले पनि प्रभाव पार्ने देखिन्छ ।
अवसर
स्थानीय तहमा ७ हजार मतले अगाडि हुनु
एमालेको दरिलो साथ
चुनौती
समीकरण परिवर्तन
बलिया प्रतिस्पर्धी
कांग्रेस पकड क्षेत्र
थपिएका मतदाता
एमालेको दरिलो साथ
एमालेको साथ प्रचण्डका लागि महत्वपूर्ण अवसर बनेको छ । उनको क्षेत्रमा पर्ने मोदी गाउँपालिका एमालेको राम्रो पकड छ । यो नगरको प्रमुखमा एमालेनै विजयी भएको थियो ।
बलिया प्रतिस्पर्धी
हिमालका प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व पार्टी सभापति नवराज गुरुङ रहेका छन् । गुरुङ यसअधिको संविधानसभाको निर्वाचनमा क्षेत्र नं २ बा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेता समेत हुन् । गुरुङ पनि बलिया, पाका र पुराना खेलाडी हुन् जसका कारण पनि प्रतिस्पर्धा निकै टक्कर हुने देखिन्छ ।
कांग्रेस पकड क्षेत्र
क्षेत्र नं १ नेपाली काँग्रेसको पकड क्षेत्र हो । यहि क्षेत्रबाट नेपाली काँग्रेसबाट केन्द्रिय सदस्य अर्जुन जोशी तीन पटकसम्म लगातार विजयी भएका छन् । जोशी र गुरुङ विचको सम्बन्ध राम्रो नभएपनि बामगठबन्धनले सम्बन्धमा सुधार ल्याइदिएको छ । जसका कारण गुरुङको हौसला पनि बढेको छ । जून हिमालमाथि भारी पर्न सक्ने पनि देखिन्छ ।
थपिएका मतदाता
यसअघिको मतदाता नामावली संकलन गर्ने क्रममा कांग्रेसले खासै चासो नदिए पनि पछिल्लोपटक नेपाली कांग्रेसले अभियानकै रूपमा फोटोसहितको मतदाता नामावली संकलनमा सक्रियता देखाएको थियो । स्थानीय तहको निर्वाचनपछि जिल्लामा ८ हजार ५७ मतदाता थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो