2026-09-12 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा छुट्टाछुट्टै दुई स्थानमा बम बिस्फोट, स्थानिय त्रसित

सरोज यादव/मङ्सिर १८, सर्लाही । सर्लाहीको छुट्टाछुट्टै दुई स्थानमा बम बिस्फोट भएको छ ।

जिल्लाको बागमती नगरपालिका अन्तर्गत कर्मैयामा अज्ञात समूह द्वारा सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार नरेन्द्र साहको प्रचारमा हिँडेको जिपलाई लक्षित गरी आज बिहान प्रेसर कुकर बम विस्फोट गराइएको छ ।

जिल्लाको बागमती नगरपालिका अन्तर्गत कर्मैया भन्दा तिन किलोमिटर दक्षिण  तर्फ गोडारी नदीको किनारमा करिब ७ बजे बिस्फोट गराईएको हो । विष्फोट हुँदा प्रचारमा प्रयोग भएको गाडी ना २ च २०१९ मा चालक मात्र भएको कारण कुनै किसिमका मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । 

त्यसै गरि, सर्लाही निर्वाचन क्षेत्र नं. २ को (ख) बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र उमेदवार (तेस्रो लिङ्गी) महेन्द्र साह उर्फ राधा मौसीको घरमा पार्किङ गरि राखिएको एचबि १९ सि ९९७३ नम्बरको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार बिहान २ बजेको समयमा अज्ञात समुहले आगजनी गरेको हो । 

घर अगाडी पार्किङ गरि राखिएको अबस्थामा गाडीमा आगजनी भएको थियो । तेस्रो लिङ्गी उम्मेदवारलाई लक्षित गरि गाडीमा आगजनी गराउनु दुःखद भएको र दोषीलाई तत्काल पक्राउ गरि कानुन बमोजिम कारबाहिको माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन