2026-07-04 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब मतदाताको लागि ४८ घण्टे समय सुरु, यस्ता ४ काम नगर्नुस्

मंसिर १९, काठमाडौँ | प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि २१ गते बिहीबारका दिन हुन लागेको निर्वाचनमा दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम आजबाट मतदान नसकिउन्जेलसम्म गर्न पाउने छैनन् । 

मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले यो अवधिमा कुनै प्रकारको प्रचार-प्रसार गर्न पाइने छैन । निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम गरेको भेटिएमा उम्मेदवारको उम्मेद्वारी समेत खारेज गर्न सक्नेछ ।  

आयोगले निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै प्रकारले मतदातालाई प्रभावित पार्ने काम गरेको फेला परेमा वा कसैले यस्तो सुचनाको तथ्य सहित जानकारी गराएमा निर्वाचन आयोगलाई त्यस्तो उम्मेदवारको सिधै उम्मेद्वारी खारेज गर्ने अधिकार छ । मौन अवधि मतदाताको लागि दिईएको समय हो । यस अवधिमा मतदाताले उम्मेदवारबारे अध्ययन गर्ने तथा मतदान कसलाई गर्ने भन्ने निर्णय लिने समय मानिन्छ । 

निर्वाचनको मौन अवधीमा पैसा बाडेको वा भोजभतेर गरेको भेटेमा निर्वाचनको लागि गाउँ-गाउँमा खटिएका अनुगमन अधिकारीहरुले सिधै कारवाही गर्न सक्ने तथा प्रकृति अनुसार जरिवाना तथा उम्मेद्वारी खारेजसम्मको निर्णय लिन सक्नेछ । मौन अवधीमा राजनीतिक दल वा उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखेका प्रचार सामग्रीसमेत हटाउनुपर्ने हुन्छ । 

त्यस्तै सामाजिक सञ्जालबाट समेत मौन अवधिमा भोट माग्न पाइन्न, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार गर्न हुन्न । यदी गरेमा कारवाही/जरिवाना भोग्नुपर्ने हुन्छ । त्यस्तै सञ्चार माध्यमले पनि मौन अवधिमा राजनीतिक दलको प्रचार हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्नु हुँदैन । 

बिज्ञप्तिमा हेर्नुहोस – ४ काम के-के गर्नु हुँदैन ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै