पर्वत । नेपाली कांग्रेस पर्वतको राजनीतिमा लामो समय देखिएको नवराज गुरुङ र अर्जुन जोशी समूहको टकराव फेरी सतहमा आएको छ । ३ पटकसम्म संसदीय राजनीतिमा पकड जमाएका जोशीले आफू इतरको तत्कालीन देउवा निकट नवराज गुरुङलाई सधै राजनीति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नेपाली कांग्रेस पर्वतको राजनीतिमा लामो समय देखिएको नवराज गुरुङ र अर्जुन जोशी समूहको टकराव फेरी सतहमा आएको छ । ३ पटकसम्म संसदीय राजनीतिमा पकड जमाएका जोशीले आफू इतरको तत्कालीन देउवा निकट नवराज गुरुङलाई सधै राजनीति"/>

2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कांग्रेस भित्र अन्तर्घातको श्रृङ्खला दोहोरिने खतरा


पर्वत । नेपाली कांग्रेस पर्वतको राजनीतिमा लामो समय देखिएको नवराज गुरुङ र अर्जुन जोशी समूहको टकराव फेरी सतहमा आएको छ । ३ पटकसम्म संसदीय राजनीतिमा पकड जमाएका जोशीले आफू इतरको तत्कालीन देउवा निकट नवराज गुरुङलाई सधै राजनीतिमा पछाडी पारे । उनले कांग्रेस प्रजातान्त्रिक जुटेर पुनः बनेको नेपाली कांग्रेसको सभापति बनेका गुरुङलाई राजनीतिबाट अलगाउन अनेकौ हतकण्डा गर्दै एकताको जिल्ला अधिवेशनबाट गुरुङलाई सभापति पदबाट पाखा लगाए । जिल्लाको राजनीतिमा सधै फरक र अलग धारबाट अगाडि बढेका जोशी र गुरुङ यतिबेला प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको संघारमा छन । जोशी प्रतिनिधि सभाको उमेदवार बनेका छन भने गुरुङ प्रदेश सभाको उमेदवार बनेका छन ।

जोशीले आफू हार्ने र समूहको लबि नमिल्ने भएकाले गुरुङको प्रदेश उमेदवारमा मौन बसेपछि निर्वाचनमा जोशी हार्ने देखेपछि जोशी समूहका कार्यकर्ताहरु गुरुङलाई हराउन सक्रिय बनेको कांग्रेस श्रोत बताउँछ । कांग्रेस श्रोतका अनुसार जोशीले आफू चौथो पटकको यात्रा पछि राजनीतिमा विश्राम लिएसंगै लामो समय आफ्नो प्रतिस्पर्धीको रुपमा देखिएका गुरुङलाई पनि यस पटक संसदीय राजनीतिमा अगाडि बढाउन नदिने मनस्थितीमा रहेको कांग्रेस निकट पत्रकारह्ररु बताउँछन । जोशीले आफ्नो विश्रान्तीसंगै आफ्ना भाई युवराज जोशीलाई राजनीतिमा सक्रिय बनाउन चाहेका छन । भाई जोशीले यस पटक अर्जुन जोशीले उमेदवारी नलिएको भए आफू प्रदेश उमेदवार बन्ने पक्षमा दिए । दाईको उमेदवारीसंगै पछी सरेका युवराज जोशीको भावि राजनैतिक भविश्य जोगाउनका लागि पनि गुरुङलाई यस पटकको निर्वाचनमा पछाडी पार्ने दाउमा जोशी समूह देखिन्छ ।

२०७० सालको संविधान सभाको निर्वाचनमा गुरुङ क्षेत्र न २ बाट उमेदवार बनेका थिए । एमाले माओवादी बेग्ला बेग्लै लडेका कारण कांग्रेसको बलियो क्षेत्र मानिएको क्षेत्र न २ मा जोशी समूहका नेताहरुले गुरुङलाई हराउनका लागि अन्य उमेदवारलाई सहयोग गरेको दृटान्त नजिकै रहेको देखाउँदै कांग्रेसका गुरुङ समूहका कार्यकर्ताले पनि जोशीलाई सधै सत्तामा पुराउनपर्ने कांग्रेसहरुको कर्तब्य नरहेको बताउँदै आएका छन । जोशी र गुरुङको दुरी बढ्दै गएपछि उनीहरु एक्लाएक्लै भोट माग्दै हिडेका छन । ब्यक्तिगत रुपमा आफ्नो पक्षमा मतदान गर्ने लबिमा लागेका गुरुङ र जोशीको फुटसंगै जिल्लामा कांग्रेसको राजनीति थप धरापमा परेको छ ।, सेतोसुर्यबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई