2026-07-03 10:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मतदान सकिएलगतै विना मगरले दिईन् यस्तो प्रतिक्रिया

2017-12-07

मङ्सिर २१, कञ्चनपुर । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना मगरले मतदातालाई धन्यवाद दिँदै निर्वाचन परिणाम वाम गठबन्धनका उम्मेदवारको पक्षमा आउनेमा ढुक्क रहेको जनाएकी छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदान अवधि सकिएलगत्तै आभार वक्तव्य जारी गर्दै उम्मेदवार बिना मगरले मतदान प्रक्रियालाई सफल बनाउन र मताधिकारको प्रयोग गरी उपयुक्त नेतृत्व चयनमा सहभागी हुने मतदातालाई धन्यवाद दिएकी छन् ।

 ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टी मिलेर बनेको वाम गठबन्धनका उम्मेदवारप्रति देशैभरि देखिएको विश्वास र आकर्षणले समृद्धिको सपना पूरा हुने निश्चितजस्तै देखिन्छ,’ आभार वक्तव्यमा लेखिएको छ, ‘कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा समेत निर्वाचनमा देखिएको शान्तिपूर्ण र उत्साहजनक सहभागिताले म लगायत वाम गठबन्धनका उम्मेदवार हर्षित भएका छौं । 

यो उत्साह, सहभागिता र समर्थनका लागि तपाईप्रति हामी आभारी छौं ।’ मतदाता र उम्मेदवार मतगणना र अन्तिम परिणामको पर्खाइमा रहेका जनाउँदै बिना मगरले मतगणना कार्यलाई स्वच्छ, मर्या्दित र शान्तिपूर्ण बनाउन सबैको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरेकी छन् ।

 ‘अन्तिम मतपरिणाम घोषणा भएपछि निर्वाचन प्रचारमा गरिएका प्रतिवद्धता अनुरुप कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को विकास र समृद्धिको खाका निर्माण र योजना कार्यान्वयनमा निरन्तर सक्रिय भइरहेको दोहो¥याउँदै पुनः तपाई सबै मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ आभार वक्तव्यमा लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो