२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ७० प्रतिशत मत खस्यो, भोली साढे आठ वजेपछि गणना हुने

२१ मंसिर २०७४, बिहीबार १४:२५

प्रेम सुनार/मङ्सिर २१, गुल्मी ।  ५ नम्वर प्रदेशको गुल्मी जिल्लामा भएको दोश्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा ६५ देखि ७० प्रतिशत सम्म मत खसेको सरकारी अधिकारीहरुको दावी रहेको छ । 

प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले साँझ ६ वजे सम्म ७० प्रतिशत मत खस्ने आंकलन गरिएको बताए । केहि सामन्य घटना वाहेक गुल्मी जिल्लाको निर्वाचन शान्तिपुर्ण, निष्पक्ष र धाधलीरहित भएको हामीले पाएका छौ प्रमुख निर्वाचन अधिकृत न्यौपानेले भने साँझ ५ वजे सम्म ६० प्रतिशत मत खसेको जानकारी आएको छ, पाँच वजे भित्रमा मतदाता नामावली पेश गरी सकेका संख्यालाई हेर्दा ७० प्रतिशत मत खस्ने देखिएको छ ।

गुल्मीमा शान्ति सुरक्षाको समग्र अवस्था हेर्दा चुस्त र कडा पारिएको पाईको छ । नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हरेक मतदान केन्द्रमा प्रत्येक ५ मिनेटको अन्तरमा मतदान केन्द्र र त्यस स्थानका गाउँहरुमा पट्रोलिङ्ग गरेको पाईयो । 

मतदान स्थल मध्ये केहि स्थानमा वामगठबन्धनका कार्यकर्ताहरु आक्रमण रुपमा प्रस्तुत हुन खोजे पनि सुरक्षा निकायले केहि वेरमै विवादलाई समान्य पारेको पाईएको छैन् । इयस जिल्लाको पुर्कोदहको २ स्थान र हाडहाडे सहित ३ स्थानको जंगलमा वम विष्फोठनको घटना घटे पनि मतदाताहरु  खासै त्रसिथ भएको देखिएको छैन् । 

पत्रकारहरुको रिपोर्टिङ्गलाई हेर्ने हेर्ने हो भने  गुल्मीमा रेसुङ्गा नगरपालिका  वडा नम्वर  ९ को उपल्लो तम्घास मावि केन्द्रको स्थल ख मा सवै भन्दा बढि मत खसेको छ । साँझ ५ वजे सम्म ७४ प्रतिशत मत खसेको त्यस मतदान केन्द्रका मतदान अधिकृतले बतएका छन । 

प्रमुख निर्वाचन अधिकृत न्यौपानेका अनुसार अहिले साँझ सवै भन्दा पहिला क्षेत्र नम्वर १ को घोर्ले मावि केन्द्रबाट मतपेटिका सदरमुकाम तम्घासमा आई पुगेको छ । आज रातभरीमा सवै तिरबाट मत पेटीका आई पुग्ने र भोली विहान ८ देखि साढे ८ वजे भित्रमा सर्व पक्षिय बैठक सकेर मतगणगान सुरु गरिने प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपनेले जानकारी दिए । 

मत पेटिका आज रातभरीमा आई पुग्ने नपुग्ने सम्वन्धमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल संग जिज्ञाषा राख्दा उनले मतपेटीका सदरमुकाम ल्याउने क्रम जारी रहेको र भोली विहान सम्म सवै स्थानको आई पुग्ने आफुहरुले अनुमान गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…