2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा पनि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

भास्कर केसी/मङ्सिर २१, कञ्चनपुर । कञ्चनपुरमा आज विहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म शान्तिपूर्ण तबरले मतदान सम्पन्न भएको छ ।

कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कञ्चनपुर जिल्लामा करिब ६५ देखि ६८ प्रतिशत जति मतदान भएको प्रारम्भिक जानकारी दिनुभएको छ । 

उहाँले मतपेटिका संकलनको कार्य जारी रहेकोले मतगणना भोली विहानबाट मात्र सुरु गरिने जानकारी दिनु भयो । आज राति ११ बजेसम्म कञ्चनपुर जिल्लाका सबै ठाउँहरुबाट जिल्ला सदरमुकाम महेन्द्रनगरमा मतपेटिका जम्मा गरेपछि भोली विहानबाट मतगणना गरिने उहाँले जानकारी दिनुभयो ।

कञ्चनपुर जिल्लाका ३ जना प्रतिनिधि सभा सदस्यका लागि र ६ जना प्रदेश सभा सदस्यका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा होमिनु भएको थियो । जसमध्ये आज भएको मतदानबाट कञ्चनपुरका ९ जना उम्मेदवारहरुको भाग्य मतपेटिकाहरु भित्र सुरक्षित रहेको छ । 

१ सय ३२ निर्वाचन स्थलका ३२० मतदान केन्द्रमा २ हजार ५६० कर्मचारी खटिएका थिए भने सबै निर्वाचन केन्द्रमा १ हजार २८० स्वमसेवक समेत खटिएका थिए ।

निर्वाचनका लागि स्थानीय प्रशासनले कञ्चनपुरमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दले जिल्लाभरी कुनैपनि स्थानमा अप्रीय घटना घट्न नपाएकाले यो निर्वाचन हालसम्मकै शान्तिपूर्ण वातावरणमा सुसम्पन्न भएको दाबी गर्नुभयो । 

मतदान पछि पनि मतपेटिका संकलन देखि मतगणना सम्मका सबै कार्यहरु सम्पन्न गर्न कञ्चनपुर प्रहरी र सबै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा