Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा कसले बाजी मार्ला ? यस्तो छ अहिलेसम्मको मतपरिणाम

२०७४, २२ मंसिर शुक्रबार ०२:२८

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा आज राति १० बजेभित्र प्रतक्ष्यतर्फको अन्तीम नतिजा सार्बजनिक गर्ने लक्ष्यकासाथ २४ सै घन्टा शान्तिपुर्णरुपमा मतगणना कार्य जारी रहेको छ । 

ताजा मतपरिणाम अनुसार दार्चुलामा ४७ मतदान केन्द्रको झन्डै १९  हजार ९ सय १४ मतगणना भइसक्दा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेश सिह ठगुन्ना ३ हजार ३ सय ७० मतान्तरले अगाडी रहनुभएको छ । बाम गठबन्धनका उम्मेदवार ठगुन्नाले ११ हजार ८२ मत प्राप्त गर्दा काग्रेशका उम्मेदवार धामीले ७ हजार ७ सय १२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको १०८ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको २१८ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले १३ मत प्राप्त गरेका छन । भने ७ सय १६ मत बदर भएको छ । एक प्रतिनिधिसभा र २ प्रदेशसभा गरी दार्चुलामा तिनै क्षेत्रमा बाम गठबन्धनका उम्मेदबारहरुले उग्रता कायमै राखेका छन ।

कुल ७८ हजार ५ सय १३ मतदाता रहेको दार्चुला जिल्लामा ६९.४० प्रतिषत अर्थात ५४ हजार ४ सय ९३ मतदाताले मतदान गरेका छन । दार्चुलामा अझै ८२ मतदान केन्द्रको मत गणना गर्न बाकी रहेको छ ।

यस्तै प्रदेशसभा क क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार गेल्बुसिह बोहराको ३,१६० मत छ । भने निकटतम प्रतिस्पर्धी नेपाली काग्रेशका उम्मेदबार मदन गिरीको २,३०३ मत रहेको छ । यस्तै प्रदेश सभा ख क्षेत्रमा बाम गठबन्धनका उम्मेदबार मान बहादुर धामी सन्तोषको ३,०४५ मत प्राप्त हुदा नेपाली काग्रेशका उम्मेदबार जगदीश बहादुर पालको २,६८१ मत रहेको छ ।

यसैबिच दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन प्रवक्त दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेका नेकपा एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना लगातार दोस्रोपटक चुनाव जितेर इतिहास रच्ने दौडमा छन् । 

काग्रेशका उम्मेदबार बिक्रम सिह धामी पहिलो पटक चुनाबि प्रतिस्पर्धामा छन । स्थानीय तहको निर्वाचनमा कमजोर नतिजा भोगेको एमाले र एमाले नेता गणेशसिंह ठगुन्नाका लागि वाम गठबन्धन महत्वपूर्ण औजार बन्न पुगेको छ । 

स्थानीय तहको निर्वाचनमा जिल्लाका ९ तहमध्ये कांग्रेसले ५, एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएका छन् । स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित बनेका कांग्रेसले प्रदेशसभा तथा प्रतिनिधिसभामा सोचेजस्तो प्रारम्भीक नतिजा नआएको जनाएको छ ।

मतान्तर फराकीलो पार्दै गएकाले बाम गठबन्धनका उम्मेदबार ठगुन्नाको जित शुनिश्चित रहेको भन्दै एमाले माओबादीका कार्यकर्ता र समर्थकहरु उत्साहित देखीन्छन । भने काग्रेशले आफ्नो आधार इलाकाहरुको मतगणना नसकिएको कारण बाम गठबन्धलाइ पराजित गर्ने आधार रहेको बताइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश