2026-07-04 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा मतगणना सुरु

2017-12-08

मङ्सिर २२, सिरहा । सिरहामा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा ३ र प्रदेशसभा ३(क)को मतगणना आज बिहान ११: ४० बजेबाट सुरु भएको छ। बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सिरहा प्रतिनिधिसभा ३ मा वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालका उम्मेदवार असेश्वर यादबबीच कडा प्रतिस्पर्धा हुने चर्चा छ।

श्रेष्ठ नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनी दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डसँग थोरै मतानन्तरले पराजित भएका थिए। तर यो चुनावमा वाम गठबन्धन बनेपछि उनले जित्ने आँकलन गरिएपनि फोरमका उम्मेदवार यादवले कडा टक्कर दिने स्थानीयहरु बताउँछन्।

यस्तै प्रदेशसभा ३ (क)मा वाम गठबन्धनका उम्मेदवार रामकुमार यादव, फोरम उम्मेदवार मनोज सिंह र कांग्रेस उम्मेदवार मुस्ताक अन्सारीबीच प्रतिस्पर्धा हुने चर्चा चलेको छ। माओवादी नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका वाम गठबन्धनका उम्मेदवार यादवको जीत यस प्रदेशसभा क्षेत्रमा मजबुत देखिएको छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै तारजाली र सिसि क्यामेरा समेत जडान गरिएको छ। बाँकी तीन प्रतिनिधिसभा र ७ प्रदेशसभामध्ये ३ प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना पनि केहीबेरमा सुरु हुने मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए।

चार प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिरहामा ७०.७९ प्रतिशत मत खसेको छ। जिल्लामा कूल ३ लाख ४४ हजार ७३० मतदाता रहेकोमा २ लाख ४३ हजार ७९३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो