2026-09-12 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा साँझ ५ बजे बाट मतगणना सुरु हुने

सरोज यादव | मङ्सिर २२, सर्लाही | सर्लाहीमा सर्वदलिय वैठक सकिएको भए पनि मतगणनास्थलको व्यवस्थापनमा ढिलाई भएकोले साँझ ५ बजे बाट मात्रै मतगणना सुरु हुने विश्वस्त स्रोतले बताएको छ । सर्लाहीमा क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिको हलमा गणना गर्ने तयारी भई रहेको छ भने क्षेत्र नम्बर १,३ र ४ को सर्लाही क्याम्पस भवनमा गणना गर्ने व्यवस्था भई रहेको छ । 

मतगणना हुने समय हेर्दै अहिले मलंगवामा सयौंको संख्यामा दल र उमेदवारका समर्थकहरु मतगणना स्थल वरपर गफिएर बसेका छन् । उमेदवारहरु आफैले जित्ने दावी गरिरहेका छन् भने विश्लेषकहरु भने मुख्य दलहरुवीच नै कडा प्रतिष्पर्धा हुने बताउँछन् । सर्लाही क्षेत्र नम्बर १ मा काँग्रेसबाट पशुपंक्षि विकास राज्य मन्त्री शम्भुलाल श्रेष्ठ, बाम गठबन्धनबाट एमालेका ध्रुव गौतम, राजपाबाट प्रमोद साह वीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । 

त्यस्तै क्षेत्र नम्बर २ मा राजपाका महिन्द राय यादव, काँग्रेसका जंगीलाल राय, बामगठबन्धका दिनेश राय बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । त्यस्तै क्षेत्र नम्बर ३ मा गठबन्धनका रामेश्वर राय, काँग्रेसका हरेस महतो र स्वतन्त्र उमेदवार नरेन्द्र साह विच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । त्यस्तै क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका शिवपुजन रायको उमेदवारी खारेज भए पछि राजपाका राकेश कुमार मिश्र र काँग्रेसका अमरेश कुमार सिंहवीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

यो चुनावी नतिजामा कुन पार्टीको कति सीट आउला भन्ने जान्न यहाँका नागरीक आतुर भएका छन् । कुल ३ लाख ८५ हजार ५ सय ८१ मतदाता रहेको सर्लाहीमा २०८ जनाको भाग्य बाकसमा कैद भएको छ । कस्ले बाजी मार्ला भन्ने विषय भने मतगणना सुरु हुनासाथ संकेत देखिन थाल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन