2026-07-04 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पाको मतगणना सकियो, तिनैवटै क्षेत्रमा बाम गठबन्धन बिजयी

2017-12-08

टेक शाही/मङ्सिर २२, डोल्पा । डोल्पा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सकिएको छ । 

प्रत्यक्ष तर्फको मत परिणाम अनुसार प्रनितिभिसभा र दुबै प्रदेशसभामा बाम गठबन्धनले बिजयी हात पारेका छन । प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट नेकपा एमालेका धन बहादुर बुढा ११७६१ मत प्राप्त गरि बिजयी भएका छन । नेपालीकाँग्रेसका उम्मेद्धार अँगद कुमार बुढालाइ भारि मतले पराजित गर्दै धन बहादुर बुढाले बिजयी हात पारेका हुन । अँगद कुमार बुढाले कुल मतको ३१६७ मत प्राप्त गरेका छन । 

धन बहादुर बुढा 

प्रतिनिधिसभाका उम्मेद्धार मालेका हर्क बहादुर ठकुल्लाले कुल मतको २९९ मत प्राप्त गरेका छन भने राष्ट्रिय जनमुक्ती पार्टिका उम्मेद्धार अर्जुन बहादुर शाहीले कुल मतको २१ मत प्रापत गरेका छन । प्रतिनिधिसभामा १५८१२ अर्थात ८३ दशमलव २३ प्रतिशत मत खसेको थियो । सोहि अनुसार १५२५१ मत सदर भएको थियो भने ५६१ मत बदर भएको छ । 

त्यसै गरि प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दसिँह बुढाले कुल मतको ५४९० मत प्राप्त गरि बिजयी भएका छन । उनले नेपाली काँगे्रसका प्रदेश उम्मेद्धार बेगमसिँह ठकुरिलाइ ४२७७ मतले पछि पार्दै बिजयी भएका हुन । 

नन्दसिँह बुढा

बेगमसिँह ठकुरिले १२१३ मत प्राप्त गरेका छन । प्रदेशसभा १ मा ६७८६ मत अर्थात ८२ दशमलव ३२ प्रतिशत मत खसको थियो भने सो मध्य ६६८३ मत सदर र ८६ म तबदर भएको छ । 

त्यसतै प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट माओबादि केन्द्रका उम्मेद्धार बिर बहादुर शाहीले कुल मतको ६४१४ मत प्राप्त गरि बिजयी भएका छन । उनले नेपाली काँग्रेसका उम्मेद्धार शुरेस बहादुर शाहीलाइ पछि पार्दै भारि मतले बिजयी हात पारेका छन । शुरेस शाहीले कुल मतको २१०५ मत प्राप्त गरेका छन । 

यसका साथै स्वतन्त्र उम्मेद्धार जय बहादुर डसालले कुल मतको ९० मत प्राप्त गरेका छन भने नयाँशक्ति नेपालका उम्मेद्धार पुष्पराज बुढाले कुल मतको १४० मत प्राप्त गरेका छन । प्रदेशसभा २ मा ९०२६ मत अर्थात ८३ दशमलव ९२ प्रतिशत मत खसको थियो । सोहि अनुसार ८७५० मत सदर भएको छ भने २७६ मत बदर भएको छ । 

बिर बहादुर शाही

डोल्पा जिल्लामा १८९८९ मतादाता हरु रहेका थिए भने प्रतिनिधिसभा र प्र्रदेशसभा निर्वाचनमा १५८१२ मतदाताले मतदान गरेका छन । बिजयी भएका तिनै तहका उम्मेद्धारले शनिबार बिहान १० बजे एकै साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाण पत्र लिने भएका छन । 




 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो