2026-07-04 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा वाम गठबन्धनको ‘क्लिन स्वीप’

2017-12-09

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २३, दार्चुला । दार्चुलामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

प्रदेशसभा ‘क’ मा १६ हजार ५३ मत ल्याएर नेकपा एमालेका गेल्बु सिंह बोहरा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गर्नुभयो ।


यस्तै प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका मानबहादुर धामी १२ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशबहादुर पालले ९ हजार ५ सय ७५ मत प्राप्त गर्नुभयो । 

यसअघि सार्वजनिक भएको प्रतिनिधिसभा तर्फको मतपरिणाममा एमालेका गणेशसिंह ठगुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी हुनुभएको थियो । उहाका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेशका बिक्रम सिह धामीले ६ हजार ७ सय ६५ कम अर्थात २२ हजार २ सय २३ मत प्राप्त गर्नुभएको थियो । 

यो जितसंगै ठगुन्ना लगातार २ पटक केन्द्रीय निर्बाचन जित्ने दार्चुलाका पहिलो ब्याक्ती बन्नुभएको छ । जितपछि बाम गठबन्धनका कार्यकर्ता, समर्थकहरु बिजयउत्सबको तयारीमा लागेका छन ।

यद्धपि अधिकारीक रुपमा भने बिजयि उम्मेदबारहरुको नाम र प्राप्त मतपरिणाम घोषणा हुन बाकी रहेको छ । बिहान ८ बजेसम्ममा प्रतक्ष्यतर्फको नतिजा सार्बजनिक गरेर समानुपातीकतर्फको मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्बाचन अधिकृत राजेन्द्र नेपालले बताउँनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो