2026-07-04 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

तिब्वत नाका मोरिम-क्याटोबाट दुनै मोटरबाटो जोड्ने प्रतिबद्धता (फोटोफिचर)

2017-12-09

टेक शाही/मङ्सिर २३, डोल्पा । डोल्पामा बामगठबन्धनले शनिबार बृहत बिजय सभा गरेको छ । 

डोल्पामा प्रदेश सभा र प्रतिनिधि सभा को तीनवटै निर्वाचन क्षेत्रमा बामगठबन्ध बिजय भएको खुशियालीमा दुनैमा बामगठबन्धनले बिजयी सभा मनाएको हो ।उक्त आयोजित बिजयी सभामा बामगठबन्धनका हजारौ नेता कार्यकर्ता तथा समर्थकहरु उपस्थित भएका थिए ।


बाजा र कार्यकर्ता सहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा बिजयी उम्मेद्धारले प्रमाण पत्र ग्रहण गरेका थिए । तिनै जना बिजेता उम्मेद्धारलाइ प्रमाण पत्र शस्तानतरण गर्दै मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बधाइ तथा शुभकामना दिनु भएको थियो । प्रमाण पत्र ग्रहण पछि जिल्लाका सुरक्षा प्रमूख र मूख्य निर्वाचन अधिकृत सहित सर्मथकहरुका बिचमा सामुकि तस्विर खिचाए र फेरी र्यालीमा सहभागि भएका थिए । 

बामगठबन्धन द्धारा संयुक्त रुपमा आयोजित उक्त बिजय ¥याली दुनै बाजागाजा सहित दुनै बजार परिक्रम गरेरको थियो । जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको बृहत सभालाइ सम्बोधन गर्दै तीनै जना नव निर्वाचित माननियहरुले डोल्पालाई पाँच बर्ष भित्रमा सबृद्ध डोल्पा बनाउने प्रतिबद्धता गरेका छन ।


बिजय सभामा सम्बोधन गर्दै नव निर्वाचित प्रतिनिधि सभाका उम्मेद्वार धन बहादुर बुढाले चीनकोसँगको मोरिम्ला नाका र क्याटो नाकादेखि बाँकेको नेपालगञ्जसम्म मोटरबाटो पाँच बर्ष भित्रै जोड्ने प्रतिबद्धता जनाए । उनले भने अब पैसाको राजनिति सकियो कम्यूनिष्ट सरकार हुन्छ र जनताका सपना सबै साकार हुने बताए ।

डोल्पाका बेरोजगार युवालाई रोजगारिका अवसर सिर्जना गर्नुको साथै जाजरकोट डोल्पा मोटरबाटो निर्माण भईसकेपछि डोल्पा नेपालगञ्ज सिधा यातायात संञ्चालन गर्नकोलागि पक्की पुल निर्माणका लागि यत सक्य लाग्ने पनि निर्वाचित उम्मेद्धार बुढाले बताए  ।


उनले थपे भावी दिनहरुमा बिपक्षि पार्टीसँग सहकार्य गरेर जाने समेत बताए । डोल्पामा अबको बिस बर्षसम्म बामगठबन्धनले नेतृत्व गर्ने उहाँले प्रतिनिधि सभाका सदस्य धन बहादुर बुढाले दावी गरे ।

धन बहादुर बुढाले  सभामा सम्बोधन गर्दै गर्दा विपक्षि पार्टी नेपाली काङ्ग्रेसलाई कुकुर भुक्दै गर्छ हात्ती लम्किँदै गर्छ भनेर कटाक्ष गर्दै डोल्पाको समृद्धीका लागि बामगठबन्धनको आवाश्यक्ता भएर जनताले भारी मतले बिजयी गराएको बताए । सभामा भुतपूर्व माननियहरु नर बहादुर बुढाथोकि,मोतिप्रसाद पाहाडी,बुढाका दाजु कर्ण बहादुर बुढा र अन्य नेतालाइ समेत राजनितिक गूरु भनेर सम्झीए । 


त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र क का उम्मेद्वार नन्द सिंह बुढाले डोल्पामा आर्थिक बिकास गर्न शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार र पर्यटन बिकासलाई बिशेष एजेण्डा बनाएर अगाडी बड्ने उहाँले बताए । उनले भने जनताले अत्याधिक मत दिएर बिजयी गराए अब पाछ बर्षमा जनताको मतको श्रृण तिरेरै छाड्ने बाचा समेत गरे । 

त्यसका साथै प्रदेश निर्वाचन क्षेत्र ख का उम्मेद्वार बिर बहादुर शाहीले उपल्लो डोल्पामा छोटी भन्सारको ब्यबस्था गर्नुको साथै सडक बिकासलाई प्राथामिकतामा राखेको बताए ।  उनले भने सडक र सञ्चार अनि शिक्षा पहिलो प्राथमिकता रहेकोले पाच बर्षमा यि सबै काम सके जति पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।  


कार्यक्रममा उपस्थित पुर्व शान्ति मन्त्री सत्य पहाडीले देश बामपन्थीमय भएको र पचास बर्ष पुरानो सपना अहिले साकारहुने बताउँदै हालको बामगठबन्धन पार्टी एकतामा रुपान्तरणकालागि नेपाली जनताले भारी मत दिएर देशैभर बिजय गराएको बताइन ।

उक्त कार्यक्रमा बामगठबनन्धनका नेता कार्यकर्ता,जिल्ला समन्वय समितीका प्रमुख उप प्रमुख तथा जिल्लाका सम्पुर्ण स्थानीय तहका प्रमुख उप प्रमुखको उपस्थिति रहेको थियो ।


कार्यक्रममा स्थानीय तहका प्रमुख उप प्रमुखले आफ्नो भनाई राख्दै नव निर्वाचित उम्मेद्वारहरुलाई डोल्पालीको बिकासको इमानदार भएर जनता सामु राखेको प्रतिबद्दता पुरा गर्न तर्फ लाग्नु पर्नेमा सुझाव दिएका थिए ।         

डोल्पा प्रतिनिधि सभा क्षेत्रन नं १ बाट ११७६१ मत  ल्याएर एमलेका धनबहादुर बुढा बिजयहुनु भएको थियो ।त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र क मा एमालेका  नन्द सिंह  बुढा  ५४९० मत ल्याएर बिजयहुन भएको थियो । त्यसै गरि प्रदेश निर्वान क्षेत्र ख का उम्मेद्वार बिर बहादुर शाहीले ६४१४ मत ल्याएर बिजय हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो