2026-11-05 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन लालकाे भूमी रामेछापमा वाम गठबन्धनकाे ‘क्लिन स्वीप’

प्रज्वल पाैडेल/मङ्सिर २४, रामेछाप ।

तीन लालकाे भूमी रामेछापमा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिटमा काङ्ग्रेसलाई पराजित गर्दै वाम गठबन्धनले क्लीन स्वीप गरेको छ ।

संघीय प्रतिनिधी सभामा वाम गठबन्धनका साझा उम्मेदवार एवम् माअाेवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ विजयी भएका छन् ।
उनका निटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ ‘कान्छाराम’लाई हराउँदै श्रेष्ठ विजयी भएका हुन् ।
पूर्व गृहमन्त्री एवम् विनाविभागिय मन्त्री समेत रहेका श्रेष्ठले ४२,११७ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।

तामाङले हजार ३५,७७१ मत ल्याए। माअाेवादी केन्द्रका पाेलिटव्युराे सदस्य समेत रहेका श्रेष्ठले र तामाङकाे ६ हजार ३ सय ४६ मतान्तर रहेकाे छ ।
प्रतिनिधि सभामा जम्मा ८९,५८७ मत खसेकाे थियाे ।

यसैबीच रामेछापकाे प्रदेश सभा ‘क’ अर्थात निर्वाचन क्षेत्र नं १ मा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाैडेल बिजयी भएका छन् ।

नेकपा एमाले रामेछाप अध्यक्ष समेत रहेका पाैडेलले २२,३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एवं कांग्रेसका उम्मेदवार रत्न कार्कीले १६,०५८ मत प्राप्त गरे ।

यस्तै रामेछापकाे प्रदेश सभा ‘ख’ अर्थात निर्वाचन क्षेत्र नं २ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार कैलाश ढुङ्गेल बिजयी भएका छन् ।

नेकपा एमालेका नेता रहेका ढुङ्गेलले २६,९३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एवं कांग्रेसका उम्मेदवार जीत बहादुर मगरले १४,७२९ मत प्राप्त गरे । ढुङ्गेलले १२,२०६ मतान्तर बनाउदै मगरलाई पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ