2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको एक प्रतिनिधी र तीन प्रदेशमा वाम गठबन्धन विजयी

मङ्सिर २४, नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन वटा प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी हुनुभएको छ । 

नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गर्नुभयो । विजयी हुनुभएका एमालेका उम्मेदवार खतिवडाले १० हजार ५५७ मत बढी ल्याउनुभएको हो । 

यस्तै, प्रतिनिधिसभा सदस्य १ को प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङले १८ हजार १३७ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो । 

यस्तै, प्रदेश (ख) तर्फ नेकपा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली काँग्रेसका रमेशकुमार महतले १२ हजार २१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बन्नुभयो । 

यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेकपा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली काँग्रेसका जगदिश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गर्नुभयो । चारवटै स्थानमा मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतबाट विजयी घोषणा गर्न भने बाँकी रहेको छ । 

नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को (ख) मा मतगणना जारी रहेको छ । जारी मतगणनाको दुवै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी नजिक पुगिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई