पर्वत /पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन ।

एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई मत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन ।

एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई मत "/>

2026-09-19 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको प्रतिनिधीसभामा गिरीको उदय, प्रदेस सभामा अधिकारी र लम्साल बिजयी !

पर्वत /पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन ।

एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई मत १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन ।

प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गरेका छन भने पराजित जोशीले २६ हजार८ सय १९ मत पाएका छन । जोशीलाई गिरीले फराकिलो मतान्तरले पराजित गरेपछि एउटा इतिहाँस समेत कायम गर्न सफल भएका छन । पर्वतमा निर्वाचन हार्न नजानेको भनेर जोशीलाई चित्रित गरिदै आएपनि उनलाई एमालेका युवा नेता गिरीले पराजित गरेपछि त्यो इतिहाँस तोडिएको हो ।

यसैगरी प्रदेशसभा १ मा गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन । प्रदेससभा सदस्य पदमा निर्वाचित सदस्य अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन । निर्वाचित अधिकारीले २१ हजार ५०८ मत प्राप्त गरेका छन भने पराजित हुन पुगेका नेपाली गुरुङ्गले १६ हजार ६८५ मत प्राप्त गरेका छन । गुरुङ्ग यो निर्वाचनमा पराजित भएपछि हारको ह्याट्रिक बन्न पुगेको छ । उनी २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित भएका थिए भने २०७० मा पर्वत क्षेत्र नं २ मा पनि पराजय भोगेका थिए ।

यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेस कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन । लम्सालले नेपाली कांग्रेसका महाधिबशेन प्रतिनिधी रहेका राजेन्द्र तिवारीलाई २ हजार ८२ मतान्तरले पछाडी पारेका छन्  । प्रदेससभा सदस्यमा बिजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन भने पराजित भएका तिवारीले १३ हजार ३५२ मत प्राप्त गरेका छन । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई