२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

३ नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रत्यासी चौँलागाँई को हुन ? (दोलखा प्रदेससभाका विजेताहरुको नालीबेल

२०७४, २४ मंसिर आईतवार ०८:४४

ताराबहादुर महत । मंसिर २४, दोलखा ।  गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रदेशसभातर्फ दोलखा क्षेत्र नम्बर २ का एमाले उम्मेद्वार पशुपति चौँलागाँईले २३ हजार ५८ मत प्राप्त गरेर विजयी हुनुभएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्रीका प्रत्यासी चौँलागाँईका प्रतिद्वन्द्वी काङ्ग्रेस उम्मेद्वार केशवराज चौंलागाँईले १० हजार ८ सय ८० मत प्राप्त गर्नुभएको थियो । 

प्रदेशसभा दोलखा क्षेत्र नम्बर २ बाट विजयी सांसद पशुपति चौँलागाँई  

राष्ट्रिय राजनितिलाई नजिकबाट नियाली रहनुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व सांसद पशुपति चौँलागाँई प्रदेश सभा क्षेत्र नम्बर २ दोलखाका सांसदको रुपमा विजयी हुनुभएको छ । पिता चन्द्रप्रसाद चौँलागाँई र माता भक्तमाया चौँलागाँईका कोखबाट वि.स.२०२० साल फागुन ५ गते दोलखाको तत्कालिन काब्रे गाविसमा उहाँको जन्म भएको हो । चौँलागाँईले झण्डै चार दशक लामो राजनितिक यात्राबाट कुशल नेतृत्वकर्ताको छवि बनाई सक्नुभएको छ । उहाँले २०३७ सालमा पार्टीको संगठित सदस्य बनेर जिल्ला कमिटी सदस्यको रुपमा काम गर्नुभएको थियो ।

नेता चौँलागाँईले पार्टीमा एमालेको जिल्ला कमिटी सचिव, अञ्चल कमिटी सदस्य, बाग्मती अञ्चल कमिटी सचिव, बाग्मती अञ्चल इन्चार्ज लगायतको भुमिका निर्वाह गरिसक्नु भएको छ । आफ्नो विद्यार्थी जीवनमा विभिन्न क्याम्पसमा स्ववीयु सभापति र युवा संघ नेपालको केन्द्रिय अध्यक्षको भुमिका समेत निर्वाह गरीसक्नु भएका चौँलागाँई २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट विजयी भई संविधानसभा सदस्य तथा व्यवस्थापिका संसदमा सदस्यको भुमिका समेत निर्वाह गरीसक्नु भएको छ । उहाँले संविधानसभा सदस्य भएको बखत संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सदस्य भई नयाँ संविधान निमार्णमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

पार्टी र राष्ट्रिय राजनितिमा विभिन्न भुमिका मार्फत आफ्नो कार्यकुशलता देखाई सक्नु भएका नेता चौँलागाँई ३ नम्बर प्रदेशको मुख्य मन्त्रीका प्रत्यासी समेत हुनुहुन्छ । पार्टी बरियतामा प्रतिनिधिसभामा विजयी एमाले उम्मेद्वार पार्वत गुरुङ भन्दा धेरै अगाडि रहेका चौँलागाँईले आगामी प्रदेश सरकारको नेतृत्व गर्ने सक्ने मनाशयले प्रदेश सभाको उम्मेद्वार बनाईएको बुझिएको छ । 

पद लोलुपताबाट टाढै रहन रुचाउने चौँलागाँईले राजनितिमा आफ्नो स्वच्छ छवि बनाएकै कारणले प्रदेश सभा दोलखा क्षेत्र नम्बर १ स्थायी ठेगाना भएका उहाँलाई क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनाईएको थियो । राष्ट्रिय राजनितिमा राम्रो पहुँच भएको नेता क्षेत्र नम्बर २ को सांसदको रुपमा पाएकोमा क्षेत्र नम्बर २ का मतदाताहरु उत्साहित देखिएका छन । नेकपा माओवादी केन्द्रसँग भएको चुनावी गठबन्धनका कारण प्रदेश सभा दोलखाको एउटा क्षेत्र माओवादी  केन्द्रको भागमा परेपछि उहाँ क्षेत्र नम्बर २ को उम्मेद्वार बन्नु भएको थियो । उहाँको राजनितिक उचाई, सामान्य जीवनशैली, कुशल नेतृत्व क्षमता र समृद्ध समाजको स्पष्ट खाकासहितको दृष्टिकोण भएका चौँलागाँई आफूले यसअघि गर्न चाहेर पनि गर्न नसकेका कामहरु पुरा गरेर जनमतको सम्मान गर्ने दाबी गर्नुहुन्छ ।


शनिबार  सार्वजनिक गरिएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार प्रदेशसभा दोलखा निर्वाचन क्षेत्र नम्बर १ का बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार विशाल खड्का २८ हजार ३ सय ५० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काङ्ग्रेस उम्मेद्वार वर्मा लामाले १२ हजार ९ सय ५६ मत प्राप्त गर्नुभएको थियो । 


प्रदेशसभा दोलखा क्षेत्र नम्बर १ बाट विजयी सांसद विशाल खड्का

नेकपा माओवादी केन्द्रका आशा लाग्दा युवा नेता विशाल खड्का प्रदेश सभा दोलखा क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका उम्मेद्वार बनेर  विजयी हुनुभएको हो । उहाँको जन्म वि.स. २०३८ साल बैशाख ३ गते दोलखाको तत्कालिन जुँगु गाविसमा राजनितिक पृष्ठभुमीको परिवारमा भएको हो । सानै उमेरदेखि विद्यार्थी नेता हुँदै राजनितिमा प्रवेश गर्नुभएका नेता खड्का २०५२ सालमा तत्कालिन नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारी दोलखाको अध्यक्ष भएर काम गर्नुभएको थियो ।

उहाँ तत्कालिन नेकपा माओवादी दोलखाका संस्थापक नेता रितबहादुर खड्का र २०६४ को संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट जितेर भौतिक राज्य मन्त्री बन्नुभएकी माओवादी नेतृ देवी खड्काका सहोदर भाई हुनुहुन्छ । अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष भएको बेला उहाँ रितबहादुर खड्काको भाई भएकै कारण जनयुद्धलाई अप्रत्यक्ष रुपमा सहयोग गरेको भन्दै राज्य पक्षको गिरफ्तारी र यातनामा पर्नुभएको थियो । यसै क्रममा २०५२ बाट माओवादीले शुरु गरेको जनयुद्धमा उहाँ पनि २०५४ सालबाट १६ बर्षको कलिलो उमेरमा भुमिगत हुनुभएको थियो । पार्टीको महत्वपुर्ण जिम्मेवारी लिएर भुमिगत राजनिति गरीरहनुभएका खड्का २०५५ मा नेपाली सेनाको गिरफ्तारीमा परी करिब ८ बर्षे जेल जीवन बिताएर २०६२ मा जेलमुक्त हुनुभएको हो ।

२०६३ सालमा तत्कालिन नेकपा माओवादी र सात दलविच बृहत शान्ति सम्झौता भएपछि पार्टीको क्षेत्रिय इन्चार्ज, विदेश विभाग सदस्य र जिल्लामा केहि समय पार्टी अध्यक्षको समेत भुमिकामा रहनुभएका खड्का हाल माओवादी केन्द्र, दोलखाको सहइन्चार्ज र माओवादी केन्द्रको केन्द्रिय सदस्यको भुमिकामा हुनुहुन्छ । २०७० सालको संविधान सभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्नुभएका खड्का एमाले उम्मेद्वार पार्वत गुरुङसँग तेश्रो बरियतामा रहेर पराजित हुनुुपरेको थियो ।

दोलखाली जनताले दिएको अमुल्य मतको सम्मान गर्न सबै दोलखालीको साझा सेवक बनेर काम गर्ने उहाँको प्रतिबद्धता छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो