११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

३ नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रत्यासी चौँलागाँई को हुन ? (दोलखा प्रदेससभाका विजेताहरुको नालीबेल

२४ मंसिर २०७४, आईतवार ०८:४४

ताराबहादुर महत । मंसिर २४, दोलखा ।  गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रदेशसभातर्फ दोलखा क्षेत्र नम्बर २ का एमाले उम्मेद्वार पशुपति चौँलागाँईले २३ हजार ५८ मत प्राप्त गरेर विजयी हुनुभएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्रीका प्रत्यासी चौँलागाँईका प्रतिद्वन्द्वी काङ्ग्रेस उम्मेद्वार केशवराज चौंलागाँईले १० हजार ८ सय ८० मत प्राप्त गर्नुभएको थियो । 

प्रदेशसभा दोलखा क्षेत्र नम्बर २ बाट विजयी सांसद पशुपति चौँलागाँई  

राष्ट्रिय राजनितिलाई नजिकबाट नियाली रहनुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व सांसद पशुपति चौँलागाँई प्रदेश सभा क्षेत्र नम्बर २ दोलखाका सांसदको रुपमा विजयी हुनुभएको छ । पिता चन्द्रप्रसाद चौँलागाँई र माता भक्तमाया चौँलागाँईका कोखबाट वि.स.२०२० साल फागुन ५ गते दोलखाको तत्कालिन काब्रे गाविसमा उहाँको जन्म भएको हो । चौँलागाँईले झण्डै चार दशक लामो राजनितिक यात्राबाट कुशल नेतृत्वकर्ताको छवि बनाई सक्नुभएको छ । उहाँले २०३७ सालमा पार्टीको संगठित सदस्य बनेर जिल्ला कमिटी सदस्यको रुपमा काम गर्नुभएको थियो ।

नेता चौँलागाँईले पार्टीमा एमालेको जिल्ला कमिटी सचिव, अञ्चल कमिटी सदस्य, बाग्मती अञ्चल कमिटी सचिव, बाग्मती अञ्चल इन्चार्ज लगायतको भुमिका निर्वाह गरिसक्नु भएको छ । आफ्नो विद्यार्थी जीवनमा विभिन्न क्याम्पसमा स्ववीयु सभापति र युवा संघ नेपालको केन्द्रिय अध्यक्षको भुमिका समेत निर्वाह गरीसक्नु भएका चौँलागाँई २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट विजयी भई संविधानसभा सदस्य तथा व्यवस्थापिका संसदमा सदस्यको भुमिका समेत निर्वाह गरीसक्नु भएको छ । उहाँले संविधानसभा सदस्य भएको बखत संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सदस्य भई नयाँ संविधान निमार्णमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

पार्टी र राष्ट्रिय राजनितिमा विभिन्न भुमिका मार्फत आफ्नो कार्यकुशलता देखाई सक्नु भएका नेता चौँलागाँई ३ नम्बर प्रदेशको मुख्य मन्त्रीका प्रत्यासी समेत हुनुहुन्छ । पार्टी बरियतामा प्रतिनिधिसभामा विजयी एमाले उम्मेद्वार पार्वत गुरुङ भन्दा धेरै अगाडि रहेका चौँलागाँईले आगामी प्रदेश सरकारको नेतृत्व गर्ने सक्ने मनाशयले प्रदेश सभाको उम्मेद्वार बनाईएको बुझिएको छ । 

पद लोलुपताबाट टाढै रहन रुचाउने चौँलागाँईले राजनितिमा आफ्नो स्वच्छ छवि बनाएकै कारणले प्रदेश सभा दोलखा क्षेत्र नम्बर १ स्थायी ठेगाना भएका उहाँलाई क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनाईएको थियो । राष्ट्रिय राजनितिमा राम्रो पहुँच भएको नेता क्षेत्र नम्बर २ को सांसदको रुपमा पाएकोमा क्षेत्र नम्बर २ का मतदाताहरु उत्साहित देखिएका छन । नेकपा माओवादी केन्द्रसँग भएको चुनावी गठबन्धनका कारण प्रदेश सभा दोलखाको एउटा क्षेत्र माओवादी  केन्द्रको भागमा परेपछि उहाँ क्षेत्र नम्बर २ को उम्मेद्वार बन्नु भएको थियो । उहाँको राजनितिक उचाई, सामान्य जीवनशैली, कुशल नेतृत्व क्षमता र समृद्ध समाजको स्पष्ट खाकासहितको दृष्टिकोण भएका चौँलागाँई आफूले यसअघि गर्न चाहेर पनि गर्न नसकेका कामहरु पुरा गरेर जनमतको सम्मान गर्ने दाबी गर्नुहुन्छ ।


शनिबार  सार्वजनिक गरिएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार प्रदेशसभा दोलखा निर्वाचन क्षेत्र नम्बर १ का बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार विशाल खड्का २८ हजार ३ सय ५० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काङ्ग्रेस उम्मेद्वार वर्मा लामाले १२ हजार ९ सय ५६ मत प्राप्त गर्नुभएको थियो । 


प्रदेशसभा दोलखा क्षेत्र नम्बर १ बाट विजयी सांसद विशाल खड्का

नेकपा माओवादी केन्द्रका आशा लाग्दा युवा नेता विशाल खड्का प्रदेश सभा दोलखा क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका उम्मेद्वार बनेर  विजयी हुनुभएको हो । उहाँको जन्म वि.स. २०३८ साल बैशाख ३ गते दोलखाको तत्कालिन जुँगु गाविसमा राजनितिक पृष्ठभुमीको परिवारमा भएको हो । सानै उमेरदेखि विद्यार्थी नेता हुँदै राजनितिमा प्रवेश गर्नुभएका नेता खड्का २०५२ सालमा तत्कालिन नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारी दोलखाको अध्यक्ष भएर काम गर्नुभएको थियो ।

उहाँ तत्कालिन नेकपा माओवादी दोलखाका संस्थापक नेता रितबहादुर खड्का र २०६४ को संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट जितेर भौतिक राज्य मन्त्री बन्नुभएकी माओवादी नेतृ देवी खड्काका सहोदर भाई हुनुहुन्छ । अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष भएको बेला उहाँ रितबहादुर खड्काको भाई भएकै कारण जनयुद्धलाई अप्रत्यक्ष रुपमा सहयोग गरेको भन्दै राज्य पक्षको गिरफ्तारी र यातनामा पर्नुभएको थियो । यसै क्रममा २०५२ बाट माओवादीले शुरु गरेको जनयुद्धमा उहाँ पनि २०५४ सालबाट १६ बर्षको कलिलो उमेरमा भुमिगत हुनुभएको थियो । पार्टीको महत्वपुर्ण जिम्मेवारी लिएर भुमिगत राजनिति गरीरहनुभएका खड्का २०५५ मा नेपाली सेनाको गिरफ्तारीमा परी करिब ८ बर्षे जेल जीवन बिताएर २०६२ मा जेलमुक्त हुनुभएको हो ।

२०६३ सालमा तत्कालिन नेकपा माओवादी र सात दलविच बृहत शान्ति सम्झौता भएपछि पार्टीको क्षेत्रिय इन्चार्ज, विदेश विभाग सदस्य र जिल्लामा केहि समय पार्टी अध्यक्षको समेत भुमिकामा रहनुभएका खड्का हाल माओवादी केन्द्र, दोलखाको सहइन्चार्ज र माओवादी केन्द्रको केन्द्रिय सदस्यको भुमिकामा हुनुहुन्छ । २०७० सालको संविधान सभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्नुभएका खड्का एमाले उम्मेद्वार पार्वत गुरुङसँग तेश्रो बरियतामा रहेर पराजित हुनुुपरेको थियो ।

दोलखाली जनताले दिएको अमुल्य मतको सम्मान गर्न सबै दोलखालीको साझा सेवक बनेर काम गर्ने उहाँको प्रतिबद्धता छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु