पर्वत /पर्वतमा बामपन्थी शक्तिको राम्रो जनमत भएको मानिन्छ तर निर्वाचनमा भने निरन्तर पराजय भोग्दै आउने गरेको छ । २६ बर्ष पछि पर्वतका तीन वटै सिटमा बामगठबन्धनले क्लिन स्विप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतमा बामपन्थी शक्तिको राम्रो जनमत भएको मानिन्छ तर निर्वाचनमा भने निरन्तर पराजय भोग्दै आउने गरेको छ । २६ बर्ष पछि पर्वतका तीन वटै सिटमा बामगठबन्धनले क्लिन स्विप"/>
2026-09-19 04:51 AM
पर्बत - PBT

२६ बर्षपछि पर्वतबासीले यसरी खुसियाली मनाए हेर्नुहोस फोटो फिचर

पर्वत /पर्वतमा बामपन्थी शक्तिको राम्रो जनमत भएको मानिन्छ तर निर्वाचनमा भने निरन्तर पराजय भोग्दै आउने गरेको छ । २६ बर्ष पछि पर्वतका तीन वटै सिटमा बामगठबन्धनले क्लिन स्विप गरेपछि भने बिजय उत्सबमा जनसागर नै उर्लिएको छ ।
प्रतिनिधीसभा र प्रदेशसभाका दुई वटै स्थानमा फराकिलो मतान्तरले बाम गठबन्धनका उमेदवारले जित हासिल गरेपछि बिजय उत्सब मनाउन १० हजार भन्दा बढी समर्थकहरु सहभागि भएका हुन ।

बिजय उत्सबमा सहभागि हुन पर्वतको सदरमुकाम कुस्मा, वरपरका गाबिस तथा सुदुर दक्षिण र सुदुर उत्तरका क्षेत्रबाट समर्थकहरु भेला भएका थिए । बिजय जुलुसमा सहभागीहरुको संख्या देखेर सर्वसाधरणले समेत अहिले सम्मकै सबैभन्दा ठुलो जनसहभागितामा बिजय जुलुस भएको प्रतिकृया दिएका थिए । २०६२÷०६३ सालको जनआन्दोलन उत्कृषमा पुगेका बेला पनि यति ठुलो जुलुस ननिस्केको उनीहरुको धारणा थियो । ‘जन आन्दोलन उत्कृर्षमा पुग्दा समेत पर्वतमा जुलुसमा यति ठुलो सहभागिता देखिएको थिएन’ एमालेका समानुपातिक उमेदवार भोलानाथ शर्माले भने ‘२६ बर्ष सम्म खुलेर बिजयउत्सब मनाउन नपाएका बामपन्थी कार्यकर्ताहरु स्वतः स्र्फुत यसरी सहभागि भएका हुन’

बाजागाजा सहित उपस्थित भएका सर्वसाधरणले २६ बर्ष सम्म नेपाली कांगेसले चुनाब जितेका कारण खुलेर उत्सब मनाउन नपाएपनि यसपटक लाल किल्ला बनाउन सफल भएको प्रतिकृया दिएका थिए । बड्गाउँबाट शुरु भएको जुलुस कुस्माबजारको पुरानो बजार हुँदै पोखरा बागलुङ्ग राजमार्ग भएर बान्द्रबिडी खुल्लाचौरमा पुगी बिजयसभामा परिणत भएको थियो । अहिले सम्म बामपन्थी दलहरुले कुस्माबजारको लोकतन्त्रचोक भन्दा माथि जुलुस लिएर जाने चलन नभएपनि यस पटक पुरानोबजार हुँदै सबै बजार समेत परिक्रमा गरेका थिए ।

बिजय जुलुसमा सहभागीहरुले एक अर्कामा बधाई साटेका थिए भने बिजयी जनप्रतिनिधीहरुलाई सर्बसाधरणले फुलमाला, अबिर र खादा लगाएर बधाई दिएका थिए । पर्वतमा प्रतिनिधीसभामा एमालेका पदम गिरी , प्रदेशसभा १ मा माओबादी केन्द्रका नेत्र अधिकारी र प्रदेससभा ख मा नेकपा –एमालेका बिकास लम्साल बिजयी भएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई