2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीका मतदातालाई निराश हुन दिन्न: मन्त्री बलायर

प्रकाश बम/मंसिर २५, डोटी । भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले आफु प्रतिनिधि सभामा पराजित भए पनि डोटीका मतदातालाई निराश हुन नदिने बताउनु भएको छ ।

नेपाल प्रेश युनियन डोटीशाखाले आज दिपायलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि बलायरले आफु पराजित भए पनि अबको समय डोटेली जनताका पिरमार्का,सामाजिक कार्यमा खर्चिने बताएका छन् ।

कम्यूनिष्टले मुलुकलाई सिध्याउन खोजे जनताका माझ गएर आन्दोलन गर्ने उहाले बताउनु भएको छ । अब डोटीको पहिचान गुम्ने शंका रहेको बताउदै स्वभिमान जोगाउन कांगे्रस अहिले देखि लाग्ने बताउनु भएको छ ।

कम्यूनिष्टले प्रदेश नम्बर ७ को राजधानि दिपायल बन्न नदिन लागेकोले यहाँका जनताले सहयोग गर्नु पर्ने समेत उहाले बताउनु भयो ।

७ नम्बर प्रदेशको राजधानि  बिषयक छलफल 

७ नम्बर प्रदेशको राजधानि दिपायल हुनु पर्ने बिययमा आज दिपायलमा राष्ट्यि प्रजातन्त्र पार्टीले पत्रकार सम्मेलन गरेको छ । राप्रपाका नेता कलेन्द्र बिक्रम शाहिले गौडा डोटी र क्षेत्रिय सदरमुकाम भैसकेकाले पनि प्रदेशको राजधानि दिपायलको बिकल्प नभएको बताउनु भएको छ । राजधानि खोसिन गएमा आफुले जस्तो सुकै लडाई लड्न तयार रहेको समेत बताएका थिए ।

यहि मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिए लगत्तै अहिले प्रदेशको राजधानि कता हुने बिषयमा बहस चर्चा चलिरहेका छन् । संबिधानको धारा २८८ ले  प्रदेशको राजधानि दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुने स्पष्ठ लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई