2026-07-25 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एमालेले अग्रता लिईरहेको ४ क्षेत्र, कति छ मतान्तर ?

मङ्सिर २६, काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गत एमाले अब ४ क्षेत्रमा अग्रता लिईरहेको छ | पछिल्लो अपडेट अनुसार सुनसरी क्षेत्र नम्बर ३ मा मत गणना स्थगित छ | यहाँ मत पेटिकामा पैसा र अर्धकट्टी सहितको मतपत्र भेटिएपछी बिबाद हुँदा मत गणना स्थगित भएको हो | 

सुनसरी क्षेत्र नम्बर ३ 

सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित नहुँदा सम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भगवती चौधरीले २९ हजार ३२५ मत प्राप्त गरेर अग्रतामा छिन् भने नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २९ हजार १७१ मत पाएर उनलाई पछ्याएका छन् | यहाँको मतान्तर १५४ मतको मतान्तर छ | 

कैलाली क्षेत्र नम्बर २ 

कैलाली क्षेत्र नम्बर २ मा पनि मतगणना जारी छ | यहाँ एमालेका उम्मेदवार झपट रावलले १३ हजार २८६ मत ल्याई अग्रतामा छन् भने केहि दिन अघि मात्र कांग्रेस प्रवेश गरि नेपाली कांग्रेसका उम्मेदवार बनेका मोहनसिंह राठौरले ११ हजार १८८ मत सहित रावललाई पछ्याईरहेका छन् | उनिहरुबीच २ हजार ९८ मतको अन्तर रहेको छ | 

स्याङ्जा क्षेत्र नं. २

एमालेको अग्रता रहेको अर्को क्षेत्र हो स्याङ्जा क्षेत्र नं. २, यहाँ यहाँ एमाले उम्मेदवार पद्माकुमारी अर्यालले ८ हजार ८७८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले ६ हजार ७४० मत प्राप्त गरेका छन् | यहाँ मतान्तर २ हजार १३० रहेको छ | 

स्याङ्जा क्षेत्र नं. १

एमालेको अग्रता रहेको अर्को क्षेत्र हो स्याङ्जाकै क्षेत्र नं. १, यहाँ एमाले उम्मेदवार नारायण मरासिनीले अहिलेसम्म २ हजार ११५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका राजु थापाले १ हजार ८२८ मत पाएका छन् | यहाँ मतान्तर २८७ मात्र रहेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक