2026-07-04 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न कांग्रेसको माग

2017-12-12

मंसिर २६, काठमाडौं । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ । 

यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा निर्वाचनका क्रममा मंसिर २१ गते विभिन्न बुथका पाँचवटा बाकसमा जम्मा खसेको मत दुई हजार ३२८ भनी मुचुल्का गरिएकामा मतगणनापछि जम्मा सदर तथा बदर मत सङ्ख्या दुई हजार ३७० देखिएको घटनाले मतगणनाका क्रममा फर्जी मत मिसाइएको तथ्य स्वतः स्पष्ट भएको उल्लेख गर्नुभएको छ । 


“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण कडीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा संलग्न कर्मचारीको प्रत्यक्ष संलग्नता र निर्वाचन अधिकृतको संरक्षणमा गरिएको उक्त धाँधलीयुक्त मतगणनाको परिणामलाई नेपाली काँग्रेस अस्वीकार गर्दछ”, मुख्यसचिव पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । 

विधि र प्रक्रिया विपरीत धाँधलीपूर्ण तरिकाले ४२ मत बढी देखाएर गरिएको अवैधानिक मतगणना र घोषित परिणामलाई बदर गरी उल्लिखित अन्तिम चरणमा मतगणना गरिएका अमरज्योति मावि ग्यारसिं, जनजुक्त शाही मावि (क), जनजौकुमारी शाही आधारभूत विद्यालय (क) म्याग्दे ७, व्यास–५ को उदय मावि ठूलोटार (ख) र म्याग्दे–४ को मीन मावि समेतका पाँचवटा मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरी स्वच्छ र निष्पक्ष निर्वाचनको प्रत्याभूति प्रदान गर्न काँग्रेसले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो