2026-07-04 04:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा मतगणना सम्पन्न, कसले कहाँ जिते ?

2017-12-12

मंसिर २६, सर्लाही । सर्लाहीमा प्रतिनीधी र प्रदेश सभा सदस्यका लागि  मङ्सिर २१ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । 

यहाका ४ प्रतिनिधी सभा मध्ये २ ओटा क्षेत्रमा राजपा, नेपाली काँग्रेस र वाम गठबन्धनले एक एक क्षेत्रमा जित हात पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधी सभा सदस्यमा सर्लाही क्षेत्र नम्बर १ मा राजपाका प्रमोद साह, २ मा राजापा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय, ३ मा वाम गठबन्धनका रामेश्वर राय र ४ मा नेपाली काँग्रेसका अमरेश कुमार सिंह विजयी भएका हुन् । 

त्यस्तै ८ प्रदेश सभा रहेको सर्लाहीमा नेपाली काँग्रेस, वाम गठबन्धन, राजपा र संघीय समाजवादी फोरम २/२ ठाउँमा विजयी भएका छन् । प्रदेश सभा तर्फ १ को क मा राजपाका उपेन्द्र महतो, ख मा वाम गठबन्धनकी बेची लुंगेली, २ को क मा राजपाका गौरीनारायण महतो, ख मा संघीय समाजवादी फोरमका अशोक यादव, ३ को क मा वाम गठबन्धनका डिल्ली उप्रेती, ख मा संघीय समाजवादी फोरमका संजय कुमार यादव, ४ को क मा नेपाली काँग्रेसका विरेन्द्र प्रसाद साह, ख मा काँग्रेसकै उपेन्द्र प्रसाद कुशवाहा विजयी भएका मुख्य निर्वाचन अधिकृत राजेश कुमार काफ्लेले जानकारी दिनु भयो ।  

४ प्रतिनिधी र ८ प्रदेश सभाका लागि सर्लाहीमा भएको निर्वाचनमा कुल ३ लाख ८५ हजार ५ सय ८१ मतदाता मध्ये करीब ६५ प्रतिशतले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो