2026-09-19 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेपाली कांग्रेसद्वारा नेविसंघ अध्यक्ष सहित ४० जनासँग स्पष्टीकरण माग (को-को परे ?)

पुस ६, डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नै पार्टीलाई घात गरेको आरोपमा नेपाली कांग्रेस डडेल्धुराले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित डडेलधुराका ४० जना नेता तथा कार्यकर्तासँग स्पष्टीकरण मागेको छ ।

डडेल्धुरा कांग्रेसको अनुशासन समितिको बैठकले निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको आधारमा ति नेता तथा कार्यकर्ताहरुलाई स्पष्टीकरण मागेको हो ।

जिल्ला सदरमुकाममा बिहीबार बसेको अनुशासन समितिको बैठकले महरसँगै प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवार गोविन्दराज बोहरा, जिल्ला कार्यसमितिका कोषाध्यक्ष हरिप्रसाद पनेरु, जिल्ला कार्यसमिति सदस्य तथा स्थानीय निर्वाचनमा अमरगढी नगरपालिकामा पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार डिल्लीराज जोशी, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य सुरेशराज जोशी, स्वास्थ्यकर्मी संघका पुष्कर पनेरु छन् ।

त्यस्तै क्रियाशील सदस्यहरु सरस्वती खड्का, माया शाही देउवालगायत ४० जना नेता कार्यकर्ताहरुलाई ७ दिन भित्र जवाफ दिने गरी स्पष्टीकरण माग गर्ने निर्णय गरेको अनुशासन समितिका संयोजक अर्जुनबहादुर मल्लले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई