2026-07-04 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर भेला सम्पन्न

2017-12-23

भास्कर केसी/पुस ८, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनले  वेदकोट नगरपालिकाको शारदा माध्यमिक विद्यालयमा शिक्षकको वेतकोट नगर सम्मेलन सम्पन्न गरेको छ ।

शनिबार भएको उक्त कार्यक्रममा नव निर्वाचित नगर कमिटी गठन गरिएको छ ।


अध्यक्षमा झंकर राज जोशी, बरिष्ठ उपाध्यक्ष बलदेव जोशी, उपाध्यक्ष बलदेव भट्ट, महिला उपाध्यक्ष सिता गिरी सचिव गणश धानुक, अर्थ सचिव विरेन्द्र धानुक, सह सचिव अमर चुनारा, सदस्य किरण धानुक, विर बहादुर पाल, राजकुमारी गिरी, देवराज भट्ट, गगन दयाल, सोमती भण्डारी –खत्री) सहित चार जना पछि मनोनित हुने गरी १७ सदस्यिय कमिटी गठन गरियो  ।

साथै महेश दत्त जोशी संयोजक रहेको, कल्यान ओझा, पदम बोहरा, विर बहादुर खडयत, जै सींह रावल, सम्मिलित ५ सदस्यिय सल्लाहकार कमिटि समेत उक्त भेला बाट निर्वाचित भएको छ । 

एकिकृत अखिल नेपाल शिक्षक संगठनका नगर सम्मेलनका आयोजक समिति इन्र्चाज एवं जिल्ला कमिटि सचिव उजल सिंह धानुकको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रमुख अतिथी वेदकोट नगरपालिका इन्र्चाज एवं नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटि सदस्य हिरा जैसी भाट रहनु भएको थियो ।

माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक कमिटि सदस्य डम्मबर भाट र मिन राज गिरीको विशिष्ट आथित्य तथा एकिकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष त्रय गंगा दत्त भट्ट, शेर बहादुर भाट तथा मोहन सिंह सावदको आथित्यतामा चलेको उक्त कार्यक्रममा स्वागत मनतव्य महेश दत्त जोशीले दिनु भएको थियो भने उक्त कार्यक्रममा पार्टीका तर्फबाट हिरा जैसी भाट, डम्बर भाट तथा मिनराज गिरीले सारगर्भिक भनाइ राख्नु भएको थियो । 

साथै एकिकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष शेर बहादुर भाट र गंगा दत्त भट्टले संगठनिक महत्व एवं संगठनिक रणनितीका साथै नवनिवार्चित कमिटीलाई बधाइ ज्ञापन गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै