८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पचास लाख पर्यटक भित्र्याउने योजना छ: नेता सापकोटा

१४ पुष २०७४, शुक्रबार १६:४८

पुस १४, काठमाडौँ (रासस) | नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले मुलुकको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । 

वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित नेता सापकोटाले गठबन्धन सरकार बनेलगत्तै ५० लाख विदेशी पर्यटक भित्र्याउने गरी योजना अघि बढाउने उल्लेख गर्नुभयो । 

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)को १४औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै नेता सापकोटाले समग्र पर्यटन यातायातको प्रवद्र्धन र व्यवस्थित गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका अध्यक्ष नवराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टुर्गानका निवर्तमान अध्यक्ष हरेराम बराललगायतले नेपालको पर्यटक यातायातको उत्थानका लागि आफूहरु लागिपर्ने र त्यसका लागि एनटिभिएसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । 

सो अवसरमा एनटिभिएका संस्थापक अध्यक्ष रामहरि शर्मा, पूर्वअध्यक्ष मनोज श्रेष्ठका साथै न्यूज २४ टेलिभिजनका समाचार संयोजक संगम बानियाँ, राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजंग पाण्डे र शिखरपोष्टका प्रधान सम्पादक प्रकाश खालिङलाई सम्मान गरियो । 

एनटिभिएको अध्यक्षमा कार्की निर्विरोध 

एनटिभिएको साधारणसभाले नेपाल कम्फर्ट टुर्स सर्भिसका सञ्चालक रामशरण कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोधरुपमा चयन गरेको छ । 

समितिमा प्रथम उपाध्यक्ष तिलक लोहार, द्वितीय उपाध्यक्ष कैलाश कार्की, महासचिव सन्तोष न्यौपाने, सचिव प्रकाश सापकोटा र कोषाध्यक्ष शंखनारायण महर्जन रहनुभएको छ भने कार्यसमिति सदस्यमा काजी थापा, भरत तिमिल्सिना, प्रतिकार कार्की, शम्भुप्रसाद खकुरेल र अनिल मोक्तान रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार