2026-09-19 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्लुङमा राजनीतिक विवादमा ढुङ्गा प्रहार हुँदा माओवादी नेता गम्भीर घाईते

पुस १९, बागलुङ । अाफ्नतकाेमा भोज खान गएका बेला राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले  प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका नेता गम्भीर घाईते भएका छन् । 

बागलुङ जिल्लाकाे पश्चिम  निसीखोला गाउँपालिका वडा -६ भल्कोटका अन्दाजी ३९ वर्षीय लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढा मगर गम्भीर घाईते भएका हुन् । 

निशिकाे भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति  १० बजे  ढुङ्गा प्रहार भएकाे  निशी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिएका छन  ।  

भुजेलले भने- पिडित बुढाले बिहान अाएर उजुरी दिएर जानुभएकाे छ, त्यस लगत्तै मैले मान्छे लिन पठाएकाे छु । अहिले घाइते बुढा उपचारका लागि बुर्तिबाङ जानुभएकाे छ । उहा आएपछि घटनाबारे थप कुरा खुल्छ ।

बुढाकाे निधार र दाहिने हातमा गम्भीर चोट लागेको बताइएको छ । स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेकाे प्रहरीले जनाएको छ । 

सामान्य राजनीतिक विषयमा कुराकानी भईरहेको अवस्थामा रक्सीले मातेर आएका लालकुमारले एक्कासी ढुङ्गा हानेको स्थानीय बेलबहादुर बुढाले बताए ।

कुशल नेकपा माअाेवादि केन्द्रका केन्द्रीय अायाेजक समिति सदस्य हुन । -बिमल खड्काको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ