2026-07-05 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभा निर्वाचनमा देशभरबाट २०५६ जनाले मतदान गर्ने, क-कसले हाल्न पाउँछन् मत ?

पुस २१, काठमाडौं | राष्ट्रिय सभा सदस्य निर्वाचनमा देशभरबाट कुल २०५६ जनाले मतदान गर्नेछन् । जसमध्य सबैभन्दा बढी मतदाता प्रदेश नम्बर २ बाट छन् । त्यस्तै सबैभन्दा कम मतदाता प्रदेश नम्बर ६ बाट छन् । 

कुन प्रदेशमा कति मतदाता ? 


प्रदेश नम्बर १: ३६७

प्रदेश नम्बर २: ३७९

प्रदेश नम्बर ३: ३४८

प्रदेश नम्बर ४: २३०

प्रदेश नम्बर ५: ३०५

प्रदेश नम्बर ६: १९८

प्रदेश नम्बर ७: २२९

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत धेरै मतदाता हुँदा धेरै सदस्य चुनिने भन्ने कुरा भने हुँदैन । प्रदेश नम्बर २ मा ३७९ मतदाता हुँदा र प्रदेश नम्बर ६ मा १९८ मतदाता हुँदा यी दुवै प्रदेशमा समान संख्यामा सदस्य निर्वाचित हुनेछन् । राष्ट्रिय सभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट तीन/तीन महिला अनिवार्य निर्वाचित हुनेछन् भने अनिवार्य एक/एक दलित र एक/एक अपांग वा अल्पशंख्यक सदस्य निर्वाचित हुने प्रावधान छ । त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना राष्ट्रिय सभामा मनोनीत हुनेछन् । 

राष्ट्रिय सभा निर्वाचनमा क-कसले मत हाल्न पाउँछन् ? 

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख १५०६ जना सहित प्रदेश सभाबाट ५५० जनाले मत हाल्न पाउनेछन् । संबिधानमा ब्यबस्था भए अनुसार प्रदेशमा जति मतदाता भएपनि हरेक प्रदेशमा ८/८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने प्रावधान छ । निर्वाचन आयोगले प्रदेश सभाको मतदाताको नामावली भने तयार पारिसकेको छैन किनकी आयोगले अहिलेसम्म प्रदेशसभाको मतपरिणाम घोषणा गरेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै