२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतलाई कालोमोसो दल्यो

२०७४, २१ पुष शुक्रबार १२:२९

पुस २१, डोल्पा । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई नेपाल कम्यूनिष्टका कार्यकर्ताले कालो मोसो लागाएका छन । 

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डमा वार्डेन चौधरीकै कार्यकक्षमा गएर कालोमोसो लगाई कार्बाही गरिएको नेपाल कम्युनिष्ट पार्टी डोल्पाले जनाएको छ । 

शुक्रबार बिहान ११ बजे तिर करिव १०/१२ जनाको समुहले निकुञ्जको कार्यलमा गएर समातेर कालोमोसो अनुहार भरी लागएको जनाइएको बिप्लब समूहले जानकारि दिएको छ । आर्थिक हिनामीना गरेको भन्दै संरक्षण अधिकृत चौधरीलाइ सांकेतिक कारवाही गरेको बिप्लबले दावी गर्दै प्रेश बिज्ञप्ती समेत निकालेको छ । 

बिप्लवका समूहले संरक्षण अधिकृत चौधरीलाइ कालो मोसो लगादै गर्दा निकुञ्जको कार्यलमा रहेका अन्य कर्मचारि र नेपाल कम्युनिष्टका कार्यकर्ता बिच ढुङ्गा हानाहाना गरेर दोहोरो भिडन्त समेत भएको एक स्थानियले बताएका छन । 


सांकेतिक कारवाही पछि शुक्रबार एक प्रेश बिज्ञप्ती मार्फत डोल्पामा आए देखि बिभिन्न समयमा बिकृति बिसंगती र भ्रष्टाचार गरेको सार्बजनिक गर्दै शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वार्डेन निकुञ्ज संरक्षण अधिकृत रामदेब चौधरीलाइ साँकेतिक रुपमा कालोमोसो अनुहारमा दलेर कारवाही गरिएको बिज्ञप्ती मार्फत सर्बजनिक गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी डोल्पाको बिज्ञप्ती अनुसार संरक्षण अधिकृत चौधरीले लामो समय डोल्पामा अधिकृतको रुपमा बस्दै आउदा डोल्पामा पाइने महत्वपुर्ण जडीबुटीको राजस्व दाखिला नगरी कमिशन खाएको,यार्चागुम्बा संकलन रसिदमा अनियमितता गरेको, एकल शासन लादेको, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्रका टेण्डरबाट कमिसन खाएको, कार्यालयका कर्मचारिहरु माथी यौन द्ध्ररब्यवहार गरेको श्रम सोषण गरेको,कम्यूनिष्ट पार्टिको बिरोध गरेका जस्ता दर्जनौ गलत काम गरेको बिज्ञप्तीमा  जनाइएको छ । 

बाहिर हेर्दा अत्यन्त इमानदार भएको देखाउने र ब्यावाहारमा कुरुर काम गर्ने एक्कलकांटे संरक्षण अधिकृत चौधरीलाइ आफनो पार्टिले सांकेतिक कारवाही गरेकोले यस बाट इमान्दार राष्ट्रबादी कर्मचारहिरुलाई उत्साहित मिलेको बिप्लवको दावी रहेको छ । तर गलत नियत भएका र भ्रष्ट सरकारी तथा गैरसरकारी कर्मचारिहरुलाई सच्याउनको लागी रामदेब चौधरी जस्तालाई कारवाही गरेको नेपाल कम्यनिष्ट पार्टी डोल्पाले बिज्ञप्ती मार्फत सर्बजनिक गरेको छ । 

कसरि कस्ले गरेको र किन गरेको भनेर जिल्ला प्रहरी कार्यालय डोल्पामा बुझदा कुनै पनि जानकारि नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारि दिएको छ । उता शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयमा सम्पर्क गर्दा भने फाने नै नउठे पछि पिडीतको आधिकारीक जानकारि आउन भने बांकी नै रहेको छ । सरोज थापाको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी