2026-07-04 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकतापछि आलोपालो भन्ने हुदैन: महासचिव पोखरेल

पुस २३, काठमाडौं | नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुईपार्टी बीचको एकतापछि सरकारको नेतृत्व आलोपालो भन्ने नहुने बताउनु भएको छ । छुट्टा छुट्टै पार्टीबीच सत्ता समिकरण बन्दा मात्रै आलोपालोको कुरा हुने भन्दै उहाँले एउटै पार्टी भएपछि आलोपालोको कुरै नहुने बताउनु भएको हो । 

नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आइतवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले पार्टी एकीकरण बिचार, बाटो र विश्लेषण मिलेका कारण हुन लागेको बताउनुभयो । उहाँले एकीकरण देशको आवश्यकता र जनताको भावना तथा चाहना भएकाले एकताबाट बाहिर जाने अवस्था नरहेको स्पष्ट पार्नु भयो । 


प्रधानमन्त्री र अध्यक्ष को हुने भन्ने विषयमा बजारमा हुने चर्चा परिचर्चाहरुमा सत्यता नभएको भन्दै महासचिव पोखरेलले अड्कलवाजीका आधारमा गरिने सस्तो प्रचारका पछि नलाग्न नेता, कार्यकर्ता तथा समर्थक सुभेच्छुकहरुलाई आव्हान गर्नु भयो । एकता भएपछि एउटै भावना, एउटै बोली र एउटै नीति कार्यक्रम हुने भएकाले सोही अनुसारको व्यवहार प्रदर्शन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

एकतापछि पार्टीको नीति के हुने भन्ने विषयमा दुई पार्टीका अध्यक्षहरुबीच छलफल भैरहेको जानकारी गराउदै उहाँले संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा कार्यदल बनाएर छलफल गरी एकता संयोजन समितिमा पेश गर्ने र त्यसले निर्णय गर्ने बताउनुभएको छ । कार्यदलले पेश गर्ने प्रतिवेदनमाथि एकता संयोजन समितिमा छलफल गरेर पार्टी नेताहरुको व्यवस्थापन टुंगो लाग्ने उहाँको भनाइ छ । 


एकता अभियानपछिको संक्रमणकाललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आन्तरिक रुपमा छलफल भैरहेको भन्दै महासचिव पोखरेलले छिटै यसलाई मूर्तरुपमा दिइने बताउनुभयो । 

सहकारी क्षेत्रका बारेमा प्रतिक्रिया दिदै उहाँले समृद्ध मुलुक निर्माणका लागि सहकारी क्षेत्रले उद्यमशिलताको विकास गरी आम जनतालाई आयआर्जन र वचत गर्न प्रेरित गरेको बताउनुभयो । सहकारी क्षेत्रले विपन्न वर्गका जनताको आर्थिक विकासका लागि प्रभावकारी काम गर्दै आएको भन्दै उहाँले सबै क्षेत्रमा सहकारीको भूमिका बढाउनका लागि स्पष्ट योजनाका साथ अगाडि बढाउन सहकारीकर्मीहरुलाई आग्रह गर्नु भयो । सहकारी क्षेत्रमा काम गर्नेहरुले यसको प्रवद्र्धनमा राज्यले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा छलफल गरी कार्ययोजना राजनीतिक दलहरु र सरकारलाई पेश गरी नीति निर्माणमा सहयोग गर्न समेत उहाँले आव्हान गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडालले सहकारी क्षेत्र सामाजिक व्यवसाय भएकाले यसको मर्म र भावनालाई कुण्ठित नगरी यसको संगठनात्मक संरचनालाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । जनताको प्रत्यक्ष सहभागितामा गरिने व्यवसायका रुपमा रहेको सहकारीलाई यसका अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तको आधारमा सञ्चालन गर्न उहाँले सबैलाई आव्हान गर्नुभयो । 


गरिवी निवारणका क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उहाँले सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । जहाँ सहकारी क्षेत्रको सघन र प्रभावकारी उपस्थिति छ, त्यहाँ गरिवी कम भएको तथ्यांक प्रस्तुत गर्दै बडालले आम जनतालाई आर्थिक रुपमा सबल र सामाजिक रुपमा रुपान्तरित गर्नका लागि सहकारी क्षेत्रको भूमिका प्रभावकारी हुने दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सहकारी एवं गरिवी निवारण विभाग प्रमुख पशुपति चौलागाईले सहकारी क्षेत्रले देशको गरिवी निवारणका क्षेत्रमा गरेको योगदानको पुर्नमूल्यांकन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी प्राधिकरण गठन गरेर यसले गरेको योगदानका लागि यसमार्फत गरिवी निवारणमा गर्न सकिने सुधारका विषयमा समन्वय आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा प्रदेश नं. १ बाट रमेशप्रसाद पोखरेल, २ बाट कर्णबहादुर सिंह, ३ बाट टेकप्रसाद चौलागाई र सागर नेपाल ४ बाट रामबहादुर जिसी, ५ बाट भीम तुलाचन, ७ बाट मेघराज शाहीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र सहकारी ऐनको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सुझाव दिनु भएको थियो ।

कार्यक्रम एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका संयोजक पशुपति चौलागाईको अध्यक्षता, विभागका सचिव के.बी. उप्रेतीको सञ्चालन र एमाले केन्द्रीय लेखा आयोगका सदस्य मीनराज कंडेलको स्वागतमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का