२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस्तो छ – माओवादी नेता पराजुलीको गाउँ बिकास मोडल

२५ पुष २०७४, मंगलवार १०:३५

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता भबिसोर पराजुली लामो समयदेखि  देशको विकास र सम्वृद्धिका लागि योगदान पुर्याउँदै आईरहनु भएको छ । उहाँले भर्खरै ल्याउनु भएको विकासको मोडेल “गाउँ विकास र सम्वृद्धिका  लागि नयाँ सामुदायिक अभियान”अहिले राष्ट्रिय रुपमै चर्चामा आएको छ र यहि अभियानको वारेमा  अहिले व्यापक छलफल र बहस सुरु भएको छ । त्यही विषयमाको पेरीफेरीमा रहेर गरिएको संक्षिप्त कुराकानी ।


तपाईले नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरि कार्यान्वयन ल्याउन प्रयात्न गरिराख्नु भएको बर्तमान नेपालको विकास मोडेल गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियानको अर्थ र महत्व बारे प्रकाश पारिदिनुस् न ? 

बर्तमान अवस्थामा गाउँको विकास र सम्वृद्धिको लागि गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । विकसित मुलुकहरुले यसप्रकारको गाउँ केन्द्रीत सामुदायिक अभियानलाई प्रमूख मान्यता दिदै आएका छन् । धेरै देशहरुले राष्ट्रिय एकता र छिटो विकासका लागि यस प्रकारको अभियानलाई कार्यान्वयन ल्याएका छन् र सफल पनि हुदै आएका छन् । यसले सवै जनतालाई सहभागिता गराउँदछ र रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवन स्तरमा पनि ठुलो अन्तर पार्दछ । त्यसैले यसप्रकारको गाउँ केन्द्रीत सामुदायिक अभियानले विश्वव्यापी रुपमा मान्यता पाउदै गएको छ । र नेपालमा पनि सम्वृद्ध गाउँ निर्माणका लागि यसप्रकारको गाउँ केन्द्रीत सामुदायिक अभियानको आवश्यकता महशुस हुँदै गईरहेको छ । विश्वका कतिपय देशहरुले यसप्रकारको अभियानलाई विकासको लागि अपरिहार्य बनाउने गरेका छन् । त्यसले उत्पादनमा ठुलो वृद्धि भएको छ । तर हाम्रो देशमा सरकारले गाउँ केन्द्रीत यसप्रकारको सामुदायिक अभियान लागु गरेको छैन । त्यो अवस्थामा यस प्रकारको अभियानलाई लागुगर्ने र गाउँको विकास र सम्वृद्धी लागि अधिकत्तम प्रयत्न गर्दै यसलाई व्यवस्थित गर्न योजनाबद्ध प्रकारको प्रयत्न गर्नुपर्दछ । 

नेपालको सन्दर्भमा सामुदायिक परियोजना असफल हुदै आएका छन् । त्यसको मुख्य कारण के हो ?

नेपालमा यसप्रकारको सामुदायिक अभियानको सन्दर्भमा विचार गर्दा प्रारम्भमा नै एउटा कुराप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । जहाँ सामुदायिक विकास हुन्छ । त्यहाँ नीजिकरण गर्ने प्रवृति हावी हुदैजान्छ । त्यसको उदेश्य सामुदायिकता अन्त्य गर्ने र पुजीलाई नीजिकरण गर्ने हुन्छ । त्यहीनेर सचेत भई नीजिकरण गर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्छ । नत्र भने सामुदायिक उद्योग वा व्यवसायबाट हुने ठूलो मुनाफाको हिस्सा उनीहरुले लैजान्छन् र जनताको ठूलो भाग त्यसबाट हुने आयबाट बञ्चित हुन्छ । त्यही कुरा सामुदायिक क्षेत्रमा पनि सत्य हो । सामुदायिक उद्योगको विकासका साथै त्यसबाट  हुने आएको उत्पादन न्यायपूर्ण वितरण होस् र जनसाधारण पनि त्यसबाट लाभान्भित हुन सकुन । त्यसप्रति पनि ध्यान जान जरुरी छ ।

अहिलेसम्म सरकारका विकास योजनाहरु गाउँ केन्द्रीत देखिदैनन । तपाईको यो अभियान गाउँ केन्द्रीत मात्र हो ?

अहिलेसम्म नेपालको विकासलाई हेर्दा देशका केही सहरलाई महत्व दिने गरिएको छ । तर देशलाई वास्तविक विकास र सम्वृद्धिको दिशामा लैजान अर्को पक्षप्रति हाम्रो ध्यान केन्द्रीत हुनुपर्ने आश्यकता छ । त्यो हो गाउँको विकास र समृद्धि । यो पक्षलाई विकसित र सम्वृद्ध गर्ने प्रयत्न गरियो भने त्यसले सम्वृद्ध र विकसित राष्ट्र निर्माणका लागि बलियो आधार बन्नेछ । अर्को अर्थमा भन्ने हो भने यसले नेपालको आर्थिक क्रान्ति नै ल्याउने छ । त्यसबारे देशका सवै पिछडिएका गाउँहरुको विकासमा धेरै मद्धत पुग्नुका साथै जनसाधारणलाई प्रत्यक्ष रुपमा धेरै लाभ पुग्नेछ । सरकारले कार्यान्वयनमा ल्याएको १४ औ योजना खाली विकास सम्बन्धी परम्परागत पक्षप्रति नै जोड दिइएको छ । गाउँ केन्द्रीत कुनै ठोस सामुदायिक विकास योजना बनाएको छैन । तर गाउँको विकास प्रति मानिसहरुको रुचि बढ्दै गएको छ र त्यसलाई सरकार विशेष दिने हो भने यसले देशको विकासमा महत्वपूर्ण टेवा पुर्याउने निश्चित नै देखिएको छ । तर यहाँ विकासबारे विचार गर्दा आम रुपमा गाउँको विकासको पक्षतिर कम ध्यान दिने गरिन्छ । त्यस प्रकारको पृष्ठभूमिमा नेपालको वर्तमान अवस्थामा गाउँको विकास र सम्वृद्धि विना देशलाई विकसित सम्वृद्ध बनाउन सकिदैन भन्ने विषयमा केन्द्रीत भई यो अभियानलाई गाउँ केन्द्रीत गरिएको छ । 

यो अभियान नेपालको सन्दर्भ निकै नौलो र छलफलमा आएको पनि पहिलो हो । यस अभियानबाट विकासको संभावना कत्तिको देख्नु भएको छ ?

बास्तबमा गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियानको संभावना अत्यन्त ठूलो छ । यसले यो कुरा स्वतहसिद्ध छ कि नेपालका प्रत्येक गाउँ विकासका केन्द्र हुन सक्दछन् । नेपाल गाउँ–गाउँले भरिएको देश हो । प्रत्येक गाउँका आ–आफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, ऐतिहासिक विशेषताहरु छन् । यी सबै सामुदायिक विकासका सम्भावना हुन सक्दछन् । तिनीहरुलाई समेटेर सामुदायिक विकास अभियानको माध्यम द्धारा धेरै नै विकास गर्न सकिन्छ । 

प्रत्येक विकास मोडेलका लक्ष्य र उदेश्य हुने गर्दछ । यस अभियानको लक्ष्य र उदेश्य के हो ?

गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान मुख्यत गाउँलाई छोटो समयमा विकसित र सम्वृद्ध बनाउन सकिने विकासको मोडेल हो । विकास भन्नाले गाउँको सवैक्षेत्रको विकास भनेर बुझ्नुपर्छ । तर त्यसको लागि सरकारले महत्वपूर्ण भुमिका खेल्नुपर्छ । यसमा सरकार बाहय पक्ष हुन्छ भने । गाउँ आन्तरिक पक्ष हो । गाउँको विकासका लागि दुवैपक्षको घनिष्ट सम्बन्ध हुनुपर्छ । एकातिर गाउँले मात्र मिलेर विकास हुन सक्दैन । अर्को सरकारको नीति, नेतृत्व र लगानी विना यो संभव छैन । त्यसरी यी दुवैको एकता र सहकार्य रहेमा गाउँहरुको विकासको व्यापक सम्भावना बढेर जानेछ । त्यसको अर्थ यो पनि हुन्छ । नेपालमा गाउँको विकास हुनुको साथै सामुहिक रुपमा काम गर्ने संस्कारको विकास हुँदै जानेछ । त्यो अवस्थामा नेपालका सहरहरुमा केन्द्रीत विकास गाँउहरुमा विस्तार हुनेछ । त्यसरी गाउँको विकासले गाउँलाई सम्वृद्धितिर लैजाने मात्र नभई त्यसले देशको समग्र विकासमा पनि नयाँ आयाम थप्ने र गुणात्मक फड्को ल्याउने काम गर्नेछ । त्यसैले पनि गाउँहरुलाई विकसित र सम्वृद्ध बनाउनको लागि गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान केन्द्रीय सरकारले राष्ट्रिय रुपमा कार्यान्वयनमा ल्याउनपर्छ । यसरी पिछडिएको हाम्रा जस्तो देशलाई उन्नत देशमा लैजान र जनसाधारणको आर्थिक स्तर उठाउन पनि बलियो आधार तयार गर्ने यसअभियानको लक्ष्य र उदेश्य रहको छ । 

राष्ट्रिय योजना आयोगले १४ औ योजना कार्यान्वयनमा ल्याएको छ । यसबाहेक गाउँ–गाउँ सामुदायिक कामहरु पनि भइरहेका छन् ।  त्यसमाथि तपाईले यसप्रकारको अभियान ल्याउनु भएको छ । तपाईको यसअभियानको अहिले कति आवश्यक हो ?

– राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा ल्याएको १४ औ योजनामा गाउँको विकासको लागि केही उल्लेख गरिएको छ । यद्यपी यो पर्याप्त छैन । फेरि पनि ग्रामिण क्षेत्रको विकास गर्ने योजनाले त्यो दिशामा केही मदत पुर्याउने छ । तैपनि गाउँ केन्द्रीत विकासलाई उपेक्षा गरिएको छ । बजेटले पनि त्यसबारे खास् ध्यान दिएको पाइन्न । यद्यपी जनस्तरमा त्यो दिशातिर प्रयत्न भईरहको छन् । गाउँहरुमा सामुहिक तरकारी खेती, सामुहिक पशुपालन, आदि त्यो दिशामा गरिएका केही उल्लेखनीय उदाहरण हुन । त्यो बाहेक कुन गाउँमा कस्तो उद्योग वा व्यवसायलाई संचालन गर्न खास–खास विषयहरु के–के हुन् । त्यो पक्षको अध्ययन गर्ने र विकसित गर्नुपर्ने आवश्यकता हुन्छ । विभिन्न गाउँहरुमा त्यहाँ हुने उत्पादन र उत्पादनका लागि रुचि वा अध्ययनका विषयहरु हुन सक्दछन् । त्यसलाई विचार पु्र्याई सम्बन्धित गाउँको वस्तुगत अवस्था, त्यहाँ हुने उत्पादनका साथै उत्पादनका लागि आवश्यक पुर्वाधारहरुको पनि गहिरो सँग विचार गर्नुपर्दछ । कतिपय गाउँमा खनिज पदार्थका खानीहरु हुनसक्दछन् । तिनीहरुको अध्ययन अनुसन्धान वा उत्खनन कार्यलाई जोड दिनुपर्दछ । वास्तवमा नेपालका प्रत्येक गाउँमा त्यस प्रकारका वेग्लावेग्लै संभावनाहरु छन् । ती सम्भावनाहरुलाई ठिकसित विकसित गर्ने प्रयत्न गरेमा गाउको विकासका लागि धेरै संभावनाहरु अगाडि आउन सक्दछन् । अर्को शब्दमा केही प्रयत्न गर्ने वितिकै थोरै समयमा नै नेपालमा सयकडौ होइन, हजारौ विकसित र सम्वृद्ध गाउँहरु हुन सक्दछन् । त्यसले नेपालको आर्थिक सम्वृद्धिका आधारशिला निर्माण हुनेछ ।   

यसप्रकारको सम्वृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान कहिलेबाट कसरी सुरुआत गरिराख्नु भएको हो ?

गाउँको विकास र सम्वृद्धिका लागि वास्तविक रोडम्याफ सामुदायिक विकास परियोजना नै हो । यसलाई गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान हामीले विगत दुई वर्षदेखि सरकारको नीति तथा कार्यक्रममा समावेश गरी प्रत्येक गाउँ स्तरमा लैजान प्रयास गर्दै आएका छौं । त्यसलाई योजनाबद्ध सम्वन्धित पक्षसँग छलफल र बहसका साथै जनस्तरमा सचेतना कार्यक्रमहरु हुदै आएको छन् । त्यसको लागि केन्द्रिय स्तरमा एउटा समिति बनेको छ । र त्यस समितिको पहलमा देशका विभिन्न गाउँहरुमा सामुदायिक विकास अभियान सुरुगर्न सर्वेक्षण र अध्ययनको काम पनि थालिएको छ । त्यो समितिको पहलमा विकासका क्षेत्रमा उल्लेख योगदान पुर्याएका व्यक्तित्वहरुको सहयोगमा गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियानको रोडम्याप पनि तयार भएको छ । मुख्यत गाउँ विशेषतः सामुदायिक विकासको क्षेत्रमा उल्लेख्य योगदान पु्र्याउँदै आएका विभिन्न संघ सस्था र व्यक्तित्वहरु सँग भेटघाट गरी यस योजना कार्यान्वयनमा ल्याउन शिक्षा र प्रेरणा लिने काम भएको छ । यदि सरकारले यसलाई कार्यान्वयन ल्याउने वितिकै प्रत्येक गाउँ विकास हुन सक्दछ ।

यस अभियानलाई कार्यान्वयनमा ल्याउन सकिने ग्रामिण क्षेत्रहरु कुन–कुन हुन् ?

नेपालको सन्दर्भमा तिव्र विकास गर्न सकिने तराई, र पहाड क्षेत्रका गाउँहरु रहेको छन् । ती क्षेत्रहरु बाहेक हिमालका केही गाउँहरु रहेको छन् । तर त्यी गाउँहरुको विकासका लागि नयाँ विकास आधारहरुको खोजी वा निर्माण गनुपर्दछ । त्यसका लागि व्यापक संभावनाहरु पनि  छन् । विकास सम्बन्धी रणनीतिका आधार नेपालका ७ वटै प्रदेशलाई समान र सन्तुलित रुपमा विकसित गर्ने योजना बनाउनुपर्दछ । 

सरकारका विकास योजनाहरु उपलब्धी विहिन हुदै आएका छन् । त्यसका मुख्य कारण के हो ? 

सरकारले विकास सम्बन्धि कैयौ योजनाहरु बनाउँछ । तर ती मध्य धेरै लागू हुदैनन् । कतिपयलाई कार्यान्वयन गर्ने प्रयत्न  गरिए पनि  कार्यान्वयनको दौरानमा ठूलो धनराशी भ्रष्टाचार हुन्छ । कुनै योजनालाई लागू गर्ने शिलशिलामा त्यो कार्यक्रमलाई बढि भन्दा बढी कसरी सफलतापूर्वक लागू गर्ने भन्दा त्यो कार्यक्रलाई कार्यान्वयन गर्ने सिलसिलामा कति धेरै भ्रष्टाचार गर्ने ? त्यो कुरालाई प्राथमिकता दिएर काम गर्ने गरिन्छ । त्यो प्रवृति कर्मचारीहरुमा मात्र होइन, राजनीतिक दलहरुमा पनि काफि हदसम्म पाईन्छ । यहाँसम्म कि कैयौं कार्यक्रमहरु सम्पन्न गर्न दलिय वा जनस्तरमा उपभोक्ता समितिहरु बन्दछन् । त्यस प्रकारको उपभोक्ता समितिमा एकातिर, राजनीतिकरण गर्नेतिर प्रतिस्पर्धा हुन्छ भने, अर्कोतिर, कामलाई कार्यान्वयन गर्र्ने भन्दा त्यसबाट भ्रष्टाचार गर्न खोज्नेहरुको बाहुल्यता हुन्छ । कुनैपनि विकासका लागि रकम निकास भयो भने त्यसबारे कति लाभ उठाउने ? त्यतातिर सोच्ने प्रवृति पनि निकै पाइन्छ । जसले भ्रष्टाचार गर्न चाहन्छन, उनीहरुले माथिदेखि नै विभिन्न प्रशासकीय स्तरमा विकास रकमको भागवण्डा छुटाउँदै आउँछन् । जसले भ्रष्टाचार नगरीकन सेवा भावले काम सम्पन्न गर्न चाहन्छन् । उनीहरुलाई भ्रष्ट कर्मचारीहरुको सहयोग हुन्न । त्यस प्रकारका भ्रष्ट र गैरजिम्मेवार प्रवृतिहरुका कारणले धेरैजसो विकास कार्यक्रमहरु असफल हुन्छन् वा कार्यान्वयन भए पनि तिनीहरुको गुणस्तर कम हुन्छ । त्यही कुरा आजसम्म विकास निर्माण सम्बन्धी कार्यहरुको सन्दर्भमा पनि सत्य हो । 

यो नयाँ अभियान हो । यसलाई महत्वका साथ कार्यान्वयनमा ल्याउन के गर्नुपर्छ ?

संसारका विकसित देशहरुको तुलनामा नेपालका लागि गाउँ केन्द्रीत सामुदायिक विकास परियोजनाहरु अपेक्षाकृत नयाँ विषय हो । विभिन्न उत्पादन आदि रचनात्मक कायहरुबारे जनता धेरै अभ्यस्त भइसकेका छन् । तर सरकारले यसप्रकारको सामुदायिक विकासलाई कम महत्व दिदै आएको छ । अझै गाउँमा यस्ता योजना कार्यान्वयनका लागि कमै महत्व दिने गरेको पाईन्छ । त्यो अवस्थामा सर्वप्रथम उच्च राजनीतिक र प्रशासकीय स्तरदेखि जनस्तरसम्म सामान्यतः विकास र विशेषत सामुदायिक विकास परियोजनाको महत्वबारे योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्ने आवश्यकता रहेको छ । 

यस्ता अभियानबाट जनतालाई बढि भन्दा बढि लाभ दिलाउन के उपाय अपनाउनु पर्छ ?

वास्तव यसप्रकारको अभियान लागु भई गाउँमा विकास हुन थाल्छ । त्यसबाट ठूला व्यवसायीहरु नै फाइदा उठाउन अगाडी आउँछन् । यतिवेला राम्रो ध्यान पुग्न सकेन भने जनसाधारणलाई अत्यन्त कम लाभ पुग्दछ । त्यसकारण यस्ता सामुदायिक विकासका योजनाबाट जनस्तरलाई बढीभन्दा बढी लाभ पुगोस् । त्यतातिर पनि हाम्रो ध्यान जानुपर्दछ । यस्ता गाउँका सामुदायिक विकास योजनाले स्थानीय जनतालाई बढी लाभ पुर्याउन सक्दछ । कुनै गाउँमा विकास धेरै भयो भने बाहिरका र कतिपय विदेशका पनि ठुला उद्योगी र व्यावसायीहरुले ठूला उद्योगहरु खोल्न थाल्दछन् । त्यसले वास्तवमा स्थानीय जनतालाई लाभ नगण्य हुन्छ । सरकारले कानुन बनाएर नै स्थानीय जनताको लाभ सुनिश्चित गरेर मात्र त्यहाँ बाहिरका ठूला उद्योगी वा विदेशी उद्योगपतिलाई प्रवेश गर्न पाउने व्यावस्था गर्नुपर्दछ । 

यस प्रकारको अभियानलाई सफल पार्न सरकारले कत्तिको बजेट छुटाउन पर्छ जस्तो लाग्छ ?

विगत छ दशकहरुमा गाउँको विकासको र सम्वृद्धिको लागि राज्यस्तरबाट खासै प्रगति भएको छैन । गाउँ विशेष प्रगतिको लागि सम्वन्धित निकायले नीति तथा कार्यक्रम बनाएको पाईदैन भने गैर गैर–सरकारी स्तरमा गाउँको विकासका लागि कैयौं संघ सस्थाहरुको गठन र विकास भएको छ । गाउँको विकासका लागि भएका यी सवै कार्यहरु महत्वपूर्ण छन् । तर राष्ट्रिय अर्थतन्त्रमा गाउँको विकासले पुर्याउने योगदान र त्यसका लागि सरकारले विनियोजन गर्ने गरेको बजेट एकदम अपर्याप्त छ । प्रत्येक आर्थिक वर्ष गाउँको विकास लागि न्युन वजेट विनियोजन गरिएको हुन्छ । यही उदाहरणबाट पनि त्यो कुरा प्रष्ट हुन्छ । तर त्यही न्यून प्रतिशत रकम पनि गाउँको विकासका लागि मात्र नभएर समग्र ग्रामिण विकासको लागि छुटाइएको एकीकृत रकम हो । त्यो न्यून रकमले गाउँको विकासका लागि उल्लेखेनिय कामहरु सम्पन्न हुन सक्दैन । खास गरेर गाउँको विकासका लागि विशेष जोड दिने हो भने गाउँको लागी बजेट कैयौं गुणा बढाउनु पर्ने आवश्यकता छ । 

बास्तवमा यो अभियान गाम्रिण विकासको लागि हो । यसलाई समुदाय कसरी लैजानुपर्छ जस्तो लाग्छ ? 

सामान्यतः गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान बारे विचार गर्दा यस अभियानलाई परियोजनाका रुपमा गाउँमै उद्योग तथा व्यावसाय संचालनमा विशेष जोडदिनुपर्ने आवश्यकता छ । त्यसका लागि खास गरेर आधुनिकरण र सहकारीतामा जोड दिनु आवश्यक छ । त्यसरी आर्थिक आधार बलियो भएपछि नै गाउँको विकासले ठोस रुप लिन सक्नेछ । र त्यसवाट देश विकासलाई पनि ठूलो टेवा पुग्नेछ । त्यसरी गाउँको विकास र सम्वृद्धिका लागि सरकारी स्तरमा विभिन्न योजनाहरु लागु गर्न प्रयत्न गर्नुका साथै जनस्तरमा पनि त्यो दिशामा विकासका कार्यहरु अगाडी बढाउन प्रोत्साहन गर्ने र सहयोग गर्ने सरकारको नीति हुनुपर्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?