2026-07-04 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी–एमाले बैठक: सरकार निर्माणका लागि कार्यदल गठन

2018-01-09

पुस २५, काठमाडौं । नेकपा माओवादी केन्द्र एमालेको एकता संयोजन समितिको बैठक सकिएको छ । 

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा र सरकार निर्माणका लागि कार्यदल गठन गरेको छ ।

कार्यदलमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

बैठकमा पार्टीको बैचारिक-राजनीतिक र संगठनबारे गृहकार्य गर्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको छ । कार्यदल गठन भने भएको छैन । एमाले र माओवादीको बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानुनी प्रक्रिया पुरा गर्ने र दैनिक कार्यसञ्चालन बाहेक अन्य निर्णय नगर्न सरकारलाई भनेको छ ।

साथै संवैधानिक दायित्वअनुसार प्रदेशको अस्थायी मुकाम तोक्न माग गरेको छ । सरकारले प्रदेश प्रमुख तोक्ने तर, अस्थायी मुकाम नतोक्ने तयारी गरेको खबर आएपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

बैठकले पार्टी एकतामा कुनै विवाद र बिमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको छ । बैठकले पार्टी एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न कार्यकर्ता र जनतालाई अपील गरेको छ ।

त्यस्तै, आजको बैठकमा पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूचि रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको छ । एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।

बैठकमा एमालेको तर्फबाट ओलीका अलावा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल सहभागी थिए भने माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै