२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका तीनवटा गाउँपालिकाका स्थायी केन्द्र निर्धारण

२०७४, २६ पुष बुधबार ०४:०८

पुस २६, बेनी, म्याग्दी (रासस) | सरकारले म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । 

मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको वडा नं–३ घट्टेकुलो र अन्नपूर्णको वडा नं–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो । 

यसअघि रघुगंगाको पाखापानी, धौलागिरिको मुना तोकिएको थियो भने अन्नपूर्णको वडा नं ६ भनेपनि घार भन्ने उल्लेख थियो । जनप्रतिनिधिको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र परिर्वतन गर्ने निर्णय गरेपछि सरकारले त्यसलाई वैधानिकता दिएर सूचना प्रकाशित गरेको जनाइएको छ । 

रघुगंगा र धौलागिरिमा केन्द्रको विषय निकै पेचिलो बनेको थियो । दुवै स्थानमा बहुमतबाट केन्द्र परिवर्तन गर्ने निर्णय भएको थियो । सरकारले स्थायी केन्द्र निर्धारण गरेपछि रघुगंगा र धौलागिरिलाई कार्यालय सञ्चालन र योजनाका कार्य अघि बढाउन बाटो खुलेको छ । निर्णय गरी केन्द्रमा पठाइए पनि लामो समयसम्म राजपत्रमा सूचना प्रकाशित नभएपछि दुवै गाउँपालिकाको काम निकै प्रभावित भएको थियो । 

केन्द्र अन्यौलकै कारण रघुगंगा र धौलागिरिले बेनीबाटै सम्पर्क कार्यालयमार्फत योजना र दैनिक कामकाजको कार्य गर्दै आएका थिए । मौवाफाँट कायम गर्न सरकारलाई सिफारिश गरिएको थियो । जनप्रतिनिधिको सिफारिश अनुमोदन भएर आएकाले अब गाउँपालिका कार्यालय मौवाफाँटबाटै सञ्चालन गर्ने तयारी भएको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताउनुभयो । 

भण्डारीले बहुसंख्यक जनतालाई पायक पर्ने गरी मौवाफाँट केन्द्र कायम गरिएको र सो केन्द्रसम्म पुग्न केही असहज हुने झिँ र पाखापानी क्षेत्रका नागरिकलाई गाउँपालिकाले विकास निर्माणमा प्राथमिकता दिँदै सेवा सुविधा प्रवाहमा समेत सहज हुने गरी सेवा प्रवाह गर्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह