2026-07-04 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेवीसंघ डोल्पाद्धारा ७ बुँदे मागसहित हस्ताक्षर संकलन

2018-01-10

टेक शाही/पूस २६, डोल्पा । नेपाल बिद्यार्थी संघ डोल्पाले ७ बुदे माग राख्दै हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीको ध्यानाकार्षण गरेको छ । 

देश ब्यापी रुपमा बिभिन्न मागहरु सहित हस्ताक्षर संकलन गरि बिद्यार्थीहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेपाल बिद्यार्थि संघ डोल्पाले जानकारि दिएको छ । 


नेपाल बिद्यार्थी संघले गरेका ७ वटा मागहरुमा भनिएको छ । (१) सम्बीधानको मौलीक हक कार्यान्वयन हुने गरि सबै बिद्यार्थीहरुको निशुल्क स्वास्थ्य बिमा अभिलम्ब कायान्वयन गर (२) वेरोजगार यूवाहरुलाइ वेरोजगार भत्ताको ब्वयस्था गर (३) उच्च शिक्षामा सबैको पहुच प्र्याउन शैक्षिक प्रमाण पत्र धितो राखेर सुरक्षित भरणको ब्यवस्था गर (४) सबै शैक्षिक संस्थाहरुमा ई–लाइब्रेरी र ई–क्लासको ब्यवस्था गर (५) ७ सय ५३ वटै स्थानीय तहमा कम्तीमा एक सरकारी प्राबिधिक बिद्यालयको ब्वस्था गर (६) प्रत्यक वडामा २/२ वटा सरकारको लगानीमा प्रारम्भीक बालबिकास केन्द्र स्थापना गर (७) जाडोबाट बच्न बिद्यार्थीहरुलाइ न्यानो कार्यक्रम लागु गर जस्ता ७ बुद्धे माग राखि बिरोध सहितको हस्ताक्षर संकलन गरेको नेबिसंघ डोल्पाले जानकारि दिएको छ । 


डोल्पाको सदरमुकाम दुनैमा भएको हस्ताक्षर संकलन अभियानमा सयौ बिद्यार्थिले आफना मागहरुको सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भन्दै हस्ताक्षर गरेको नेपाल बिद्यार्थी संघ केन्द्रीय सदस्य पूर्ण बहादुर शाहीले जानकारि दिए । उनका अनुसार भोली सम्म पनि प्रधानमन्त्रीले बिद्यार्थीका मागहरुको सम्बोधन नगरे बिरोधका थप कार्यक्रम गरिने बताए । 

आज देश भरिका ७७ वटै जिल्लामा बिरोध स्वरुप माग सहितका हस्ताक्षर संकलन गरिएको र भोली सम्म प्रधानमन्त्रीले आफना मागको कुनै सुनुवाए नगरे २८ गते जिल्ला प्रशासन मार्फत एकै साथ देशभरका हस्ताक्षर र माग प्रधानमन्त्रीको कार्यालयमा पेश गरिने नेबिसंघका केन्द्रीय सदस्य पूर्ण बहादुर शाहीले बताए । 

आफनै सरकार भएर पनि बिद्यार्थीको माग पुरा नगरि ब्यवास्ता गरेको नेपाल बिद्यार्थी संघको आरोप छ । देशको राजनितिमा परिवर्तन गर्नमा बिद्यार्थीको नै मुख्य भुमीका रहने भएकोले नेपाल बिद्यार्थी संघले उठाएका मागहरुमा सामान्य रुपमा लिन नुहने भन्दै त्यसको परिणाम ठुलो ब्यहोर्नु पर्ने चेतावनी पनि नेबिसंघले सरकारलाइ दिएको छ । 


बारम्बार सरकारले बिद्यार्थीका मागहरु र सेवा सुबिधाका बिषयमा हलुका रुपमा लिएर लत्याउने गरेकोले बिगत जस्तो तरिकाले यस पटक बिद्यार्थी सडकमा नउत्रिएको नेबिसंघको दावी रहेको छ । 

अनाबस्यक माग नेपाल बिद्यार्थीले नराखेकोले तत्काल माग पूरा हुनुपर्ने यदि मागहरु सम्बोधन नभएमा बिरोध र आन्दोलनका थप क्रियाकलापहरु तिव्र पारिने पनि नेपाल बिद्यार्थी संघले बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै