2026-07-04 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुलो हटाउन माग गर्दै महानगरपालिका अगाडि नेवि संघको धर्ना

2018-01-12

पुस २८, काठमाडौँ  । नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ । 

नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो । 

सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचाँै सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन् । 


नेवि संघका उपाध्यक्ष नवीन राईले धुलो र धुवाँ काठमाडौँका जनताको साझा समस्या भएकाले यसलाई हटाउनका लागि नेविसंघले अभियान थालेको बताउनुभयो । “धुवाँ र धुलो नहटेसम्म हामी निरन्तर आन्दोलन गछौँ”, उहाँले भन्नुभयो । 

नेवि संघ उपाध्यक्ष उर्मिला थपलियाले स्वच्छ काठमाडौँ निर्माण गर्न महानगरले अनावश्यक कर उठाउने तर काम नगर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारीका लागि धर्ना अभियान सञ्चालन गरिएको बताउनुभयो । 

नेवि संघका नेता दीपक भट्टराईले महानगरलाई नमूना बनाउने अधिकार पाएको महानगर नै धुलो र धुवाँ हुँदा पनि चुप लागेर बसेकाले नेविसंघले खबरदारी अभियान चलाएको स्पष्ट पार्नुभयो । 

नेविसंघ काठमाडौँ अध्यक्ष मनोज वैद्यले स्थानीय सरकार निर्माण भएको नौ महिनामा पनि धुलो, धुवाँ हटाउने सवालमा केही काम नभएकाले दबाबस्वरुप उक्त अभियान सञ्चालन गरिएको बताउनुभयो । 

उपप्रमुखलाई धुलो र मास्क बुझाइयो 

धर्नासँगै नेवि संघले महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौँका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क वितरण गरेका थिए । 

महानगरले बेवास्ता गर्दा दैनिक लाखौँ जनताले धुलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धुलो वितरण गरेका हुन् । 

धुलो र मास्क बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी काठमाडौँ उपत्यका ल्याउँदा खनिएका खाल्डोका कारण धुलो बढेको भन्दै यसलाई कम गर्न आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो । 

उपप्रमुख खड्गीले धुलोमुक्त काठमाडौँ महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्र गर्न निर्देशन दिइसकिएको बताउनुभयो । 

धर्नामा नेवि संघका उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल, नेताहरु हिमालदत्त श्रेष्ठ, मोती भण्डारी, सुशील तिमल्सेना, अर्जुन बम, एलिजा ढकाललगायतको सहभागिता रहेको थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै