पुस २८ काठमाडाँै | नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान मुख्य सचेतक चीनकाजी श्रेष्ठकी आमा दालचिनीको आज ८५ वर्षका उमेरमा ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मष्तिकाघातबाट निधन भएको छ ।
शनिबार बिहान उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । रासस