८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनका लागि आगामी दिन सहज छैन: प्रचण्ड

२९ पुष २०७४, शनिबार १२:४१

पुस २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मेहनत गर्नुपर्ने बताउनुभएको छ । 

अध्यक्ष दाहालले भन्नुभयो, “वाम गठबन्धनका लागि आगामी दिन सहज छैन । धेरै चुनौती छन् । त्यसको उचित निरुपण गर्दै जनतालाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा लैजानु जरुरी छ ।” 

राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको एजेण्डालाई नेपाली जनताले संस्थागत गरेको र करिब दुई तिहाइभन्दा बढी जनमत वामगठबन्धनको पक्षमा प्राप्त भएको भन्दै अहिले प्राप्त भएको उपलब्धि ठूलो मेहनतको परिणाम भएको बताउनुभयो । 

देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको अपेक्षालाई सम्बोधन गरेर मुलुकलाई समृद्ध बनाउनु र नेपाली जनतालाई समृद्धिको मार्गमा लैजानु नै आजको प्रमुख कार्यभार भएको स्पष्ट पार्नुभयो । 

उहाँले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यका साथ नेकपा (एमाले) र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न लागिएको उल्लेख गर्दै उहाँले लामो समयदेखिको नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न पनि राजनीतिक स्थायित्व जरुरी रहेको बताउनुभयो । 

संविधान कार्यान्वयन गर्ने र तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने मुलुकको प्रमुख दायित्वलाई आफूहरुले सहजरुपमा सम्बोधन गरिसकेको भन्दै अध्यक्ष दाहालले समृद्ध नेपाल बनाउने युगको शुरुवात् भएको धारणा राख्नुभयो । 

“संविधान निर्माण भए पनि कार्यान्वयन हुँदैन कि, नेपाली जनताले पाएको अधिकार संस्थागत हुँदैन कि भन्ने नेपाली जनतामा ठूलो चिन्ता थियो, त्यो चिन्ता दूर भएको छ । राजनीतिक स्थायित्वको दिशामा मुलुक केन्द्रित भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो । 

सुशासन, समृद्धि र स्थायित्व नै मुलुकको प्रमुख कार्यभार भएकाले त्यसलाई सम्बोधन गरेर जाने र नेपाललाई सक्षम र सबल मुलुकका रुपमा स्थापित गर्ने दायित्वलाई वाम गठबन्धनले उचित सम्बोधन गर्ने उहाँको कथन थियो । 

कार्यक्रममा राजनीतिक शास्त्रका प्राध्यापक डा सुरेन्द्र केसीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबैको सकारात्मक योगदानको जरुरी रहेको बताउनुभयो । उहाँले जनअपेक्षालाई सम्बोधन गर्न राजनीतिक नेतृत्व इमान्दार भएर प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा कला, संस्कृति र पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई अध्यक्ष दाहालले सम्मान गर्नुभएको थियो । 

आयोजक संस्थाका अध्यक्ष बाबा बस्नेतले समाजमा राम्रा काम गर्नेको सम्मान गर्ने संस्कारको विकासका लागि आफ्नो संस्थाले गत वर्षदेखि सम्मान गर्ने प्रचलन शुरु गरेको जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार