2026-10-15 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पहिले ऐन नियममा, अब कार्यान्वय अभियानमा: पूर्वमन्त्री थानी

दलसिंह गिरी/पुस ३०, सुर्खेत । आफु सहकारी तथा गरीवी निवारण मन्त्रालयमा रहँदा सहकारी सम्बन्धी ऐन नियम निर्माणमा ब्यस्त रहेपनि अबको आफ्नो अभियान त्यसलाई फलोअप गर्ने रहेको पूर्व सहरकारी तथा गरिवी निवारण मन्त्री एवं नेपाली कांग्रेसका नेता हृदयराम थानीले बताउनु भएको छ ।  

सम्झाना बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभामा बोल्दै थानीले यस्तो कुरा बताउनु भएको हो । 

जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि पश्चिम तर्फ पर्ने बराहताल गाउँपालिका वडा नं. ५ कुनाथरी बड्ढीचौरमा रहेको सम्झना बचत तथा ऋण सहकारी सस्थाको १२ औं साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै थानीले सहकारीले समुदायमा सामाजिक सदभाव फैलाउने भएकाले अब सहकारी जागरण अभियान आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएयो ।

सहकारीका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षता, पूर्व सहकारीमन्त्री थानीको प्रमुख आथित्यतामा संचालित कार्यक्रममा बोल्दै युवा स्वरोजगरका जिल्ला संयोजक प्रकाश पौडेलले सहकारी तथा गरीवी निवारण मन्त्रालय मार्फत संचालित युवा स्वरोजगार कार्यक्रम बाट प्रदान हुने ऋण अनुदान अब सम्झना सहकारीलाई प्रदान गर्ने आफ्नो पहिलो प्रयास रहने विश्यास ब्यक्त गर्नु  भएको छ । 

सहकारीको बार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रमबारे संस्थाका अध्यक्ष लोक बहादुर थापाले प्रस्तुत गर्नु भएको छ भने संस्थाको बार्षिक आय–ब्याय तथा वासलात सहकारीका कोषाध्यक्ष ललित नेपालीले गर्नु भएको छ । 

हाल करिव १ करोड २५लाख ४९ हजार बराबर वासलात रहेको  सहकारीले जेष्ठ शेयर सदस्यलाई सम्मान, अशल ऋणीलाई सम्मान तथा अब सुत्केरी शेयर सदस्यलाई पनि प्रोत्साहन भत्ताको ब्यवस्था गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने