2026-07-05 09:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्ट मानसिकताविरुद्ध युवाहरु लाग्नुपर्छः ढुंगेल

2018-01-16

माघ, २, काठमाडौँ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले भ्रष्ट मानसिकता देश विकाशको बाधक भएको बताउँदै त्यसविरुद्ध युवाहरु लाग्नु पर्ने बताए । 

उनले प्रशासनिक खर्च घटाएर विकास खर्च बढाउनु पर्नेमा जोड दिए । 

युथ एड्भोकेसी नेपालको चौथो साधारण सभामा बोल्दै उपाध्यक्ष ढुंगेलले तालिमबाट सिकेको सीप प्रयोगमा नल्याउने प्रवृति बढेको भन्दै उद्यमशिलतामा लाग्नुपर्ने बताए । उनले परिषद्ले रोजगारमूलक संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे । 


उपाध्यक्ष ढुंगेलले परिषद्मा कुनै पनि राजनीतिक विवाद नभएको बताउँदै नतिजा आउने गरी कार्यक्रम अगाडि बढाएको बताए । परिषद्ले २ सय ३३ वटा रोजगारमूलक कार्यक्रम सुरु गरेको ढुंगेलले जानकारी दिए । 

संस्थाका अध्यक्ष नरेन्द्र खतिवडाले एड्भोकेसी समाज परिवर्तनको लागि गठन भएको संस्था भएको बताउँदै असमानताविरुद्ध युवाहरुलाई लाग्न आग्रह गरे । राजनीतिक पार्टीहरुले समृद्धि र समानताका नारा लगाएको तर कसरी गर्ने भन्ने विषयमा कुनै खाका नआएको खतिवडाले बताए । 

कार्यक्रमका अध्यक्ष समेत रहेका खतिवडाले शिक्षा र स्वास्थ्यमा भइरहेको नीजिकरणको युवाहरुले विरोध गर्नुपर्ने बताए । सार्वजनिक शिक्षा र स्वास्थ्य सुदृढिकरण गर्न राज्यले प्रयाप्त लगानी गर्नुपर्ने बताए । 

साधारण सभामा राष्ट्रिय अपांग युवा संजालका अध्यक्ष मेहन्द्र थापा, आयोनका अध्यक्ष हिमाल महत, फिमेल युथ नेपालकी अध्यक्ष सन्ध्या विडारी, सोफिक नेपालकी उपाध्यक्ष आशा परियार, राजनीतिक विश्लेषक तथा लेखक  डा. उद्धव प्याकुरेल, ग्लोवल पिस फाउन्डेशनका अध्यक्ष रामरोहन पन्त, युथ इनिसिएटिभका अध्यक्ष विजय खड्का, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष कमल सुवेदी, कोक्यापका महासचिव पुष्प भुसाल, युवा अधिकारकर्मी राजकुमार उप्रेतीलगयातले सधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमका संचालन संस्थाका महासचिव संजय खड्काले गरेका थिए भने स्वास्गत मन्तव्य कोषाध्यक्ष गीता चौधरीले गरेकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै