2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

नुवाकोटका नेता अर्जुननरसिंह केसीले खोले कांग्रेस हार्नुको भित्रि कारण

माघ ३, धादिङवेशी (रासस) | नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानअनुुसार चल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभएको छ । 

नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज धादिङवेसीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी सामूहिक नेतृत्वमा चल्न नसक्दा स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पराजय भोग्नुपरेको बताउनुभयो । 

लामो इतिहास बोकेको पार्टीलाई गुटगत राजनीतिभन्दा बाहिर लैजान युवा वर्ग जागरुक हुनुपर्ने उहाँले बताउनुभयो । 

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कमजोर नेतृत्वका कारण पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभयो । “काँग्रेसले गुटउपगुट र भागवण्डा छाड्नुपर्छ, उमेर पुगेका नेताहरू संरक्षक भएर बस्नुको विकल्प छैन” – नेता भण्डारीले भन्नुभयो । 

नेका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले काँग्रेसले पार्टी विधानलाई टेकेर संगठन निर्माणमा लाग्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । 

नेका धादिङका पूर्व सभापति रामनाथ अधिकारी, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीलगायतले पार्टीलाई सशक्त बनाउन नेविसंघबाट अभियान थाल्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई