2026-07-04 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष ओलीद्वारा ल्होछारको शुभकामना

2018-01-18

माघ ४ काठमाडौँ |काठमाडौँ |  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 

आज दिनुभएको एक शुभकामना सन्देशमा अध्यक्ष ओलीले सोनाम शब्दले खेतीपातीसँग पुण्यकार्यको अर्थ पनि बुझाउने हुनाले यसलाई सोनाम (कृषक) ल्होछार भन्ने गरिएको बताउनुभएको छ । नेपालमा १२५ जाति र १२३ भाषाभाषी भएको देश हो, यहाँ बसोबास गर्ने हरेक जातिका आफ्ना आफ्नै संस्कृतिहरु छन् । एक जातिको संस्कृति र चाडपर्वमा अर्को जातिले पनि साथ दिने हाम्रो परम्परागत प्रचलन रहेको उहाँले बताउनुभएको छ । 

नेपालको जातीय सद्भावलाई बिथोल्न केही समय अगाडि धेरै प्रयास भए । तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर पाखा लगाए । जातीय एकता, धार्मिक सहिष्णुता नेपालका पहिचान हुन् । यसको संरक्षणमा सबैको ध्यान जानु जरुरी हुन्छ, सन्देशमा उल्लेख छ । 

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा मूलतः राजनीतिक संक्रमणकाल सकिएको छ । त्यसकारण अब सबैको ध्यान विकास र समृद्धिमा छ । देशको मूल प्राथमिकतालाई सम्पूर्ण तामाङ समुदायले पनि साथ र सहयोग दिनेछन् भन्ने विश्वास लिएको पनि ओलीले बताउनुभएको छ । 

पौडेलद्वारा पनि शुभकामना 

यसैगरी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । 

आज एक शुभकामना सन्देश दिँदै वरिष्ठ नेता पौडेलले विविध जातजाति, धर्म, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यस प्रकारका चाडपर्वले आपसमा प्रेम, सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ पार्नसमेत प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

तामाङ समुदायमा यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लास एवम् आपसमा मनोरञ्जन र खुशी साटासाट गरी मनाउने गरिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै