2026-07-05 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइसिएलले बाँड्यो चार सयभन्दा बढीलाई न्यायो कपडा

2018-01-20

माघ ६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले धनुषा, महोत्तरी र रौतहटका करिब ४०० परिवारलाई न्यायो कपडा वितरण गरेको छ । 

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार आजमात्रै महोत्तरीको भगाहा नगरपालिकाका २०० भन्दा बढी मुसहर परिवारलाई न्यायो कपडा, कम्बल वितरण गरिएको छ । यस्तै आजै धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं ६, ८ र ९ वडाका २०० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । 

वाइसिएलका अध्यक्ष सापकोटा नेतृत्वको टोलीले तराईका विभिन्न आठ जिल्लामा न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको छ । 


महोत्तरीको भगाहा नगरपालिका सिद्धपुरको दलित तथा मुसहर बस्तीका २०० परिवारलाई न्यानो वितरण गरी न्यानो वितरण अभियान शुरू गरेको जानकारी दिँदै अध्यक्ष सापकोटाले धनुषाको धनुषाधाम नगरपालिका वडा नं ६, ८, ९ मा न्यानो कपडा वितरणमा महासचिव सुबोधराज शेर्पाली नेतृत्वको टोली परिचालित भएको बताउनुभयो । 

अध्यक्ष सापकोटाले भन्नुभयो, “हामी दुःख बाँडेका छौँ हामीले दिएको कपडाले तराई न्यानो त नहोला तर मन न्यानो हुन्छ ।” अब बन्ने वाम गठबन्धनको सरकारले गरिबी उन्मूलनको ठोस कार्यक्रम ल्याउने भन्दै उहाँले आगामी वर्ष यत्तिको दुःख नहुने विश्वास व्यक्त गर्नुभयो । 

महोत्तरी, घनुषा, सिराहा, सप्तरी रौतहट, बारा र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको जनाएको छ । साथै ५० हेक्टर नेपाली भू–भाग मिचिएको पर्साको वीरगञ्जमा समेत वाइसिएलले स्थलगत निरीक्षण गरी नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै