2026-07-04 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस्तक व्यवसायीलाई मर्यादित हुन आग्रह

2018-01-22

माघ ८, काठमाडौँ  | शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पुस्तक व्यवसायीलाई मर्यादित हुन आग्रह गर्नुभएको छ । 

पाँचौँ राष्ट्रिय पुस्तक दिवस एवं वसन्तपञ्चमीका अवसरमा आज यहाँ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, काठमाडौँद्वारा ‘पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक दिवसको महत्व’ विषयक विचार गोष्ठीमा राज्यमन्त्री अधिकारीले पुस्तक व्यवसायमा हुने विकृति र विसंगतिलाई निरुत्साहित गरी मर्यादितरुपमा पठन संस्कृतिको विकासमा लाग्न आग्रह गर्नुभएको हो । 

“पुस्तकालयलाई व्यवस्थित गर्न डिजिटल प्रविधिलाई विद्यालय तहसम्म आत्मसात् गराउन पहल गरिएको छ,” उहाँले भन्नुभयो । 

नेकपा (एमाले) का केन्द्रीय सदस्य ठाकुर गैह्रेले आफूहरु विद्यार्थी आन्दोलनमा लाग्दा पुस्तक पढ्न पाउने अधिकारका लागि लडाइँ गर्नुपरे पनि अहिलेको लोकतान्त्रिक गणतन्त्रले लेखकीय र अभिव्यक्ति स्वतन्त्रता दिएकाले यसको उपयोगमा जोड दिनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पठन संस्कृतिको विकासका लागि राज्यका सबै निकायले पुस्तकलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का पोटिलब्युरो सदस्य हिमाल शर्माले प्रत्येक स्थानीय तहमा पुस्तकालयको विकास र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । 

शिक्षाविद् डा विद्यानाथ कोइरालाले प्रविधिको विकासले पुस्तकलाई मोबाइलको एप्समा सीमित गरिसके पनि नयाँ पुस्तालाई आवश्यक र सन्देशमूलक पुस्तकको सही बजारीकरण हुन नसकेको बताउनुभयो । 

महासंघका केन्द्रीय अध्यक्ष हरि अर्यालले पुस्तक दिवसलाई नेपाल सरकारले राष्ट्रिय मान्यता दिनुपर्ने माग गर्नुभयो । कार्यक्रम अघि महासंघले भृकुटीमण्डपदेखि पुतलीसडक हुँदै बागबजारको शहीद शुक्र माविसम्म पदयात्रा गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै