2026-07-05 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका कोमल वली राष्ट्रियसभाको उम्मेदवार, एमालेबाट को-को छानिए १३ उम्मेदवार ?

माघ ९, काठमाडौं । नेकपा एमालेको तर्फबाट गायिका कोमल वली राष्ट्रियसभाको उम्मेदवार बनेकी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र का उम्मेदवारको टुंगो लगाएको हो । जसमा गायिका वलीलार्इ प्रदेश ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । वली चुनावको केही अघि एमाले प्रवेश गरेकी थिइन् । राप्रपाबाट एमाले प्रवेश गरेकी उनले प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि वागी उम्मेदवारी समेत दिएकी थिइन् । तर, एमाले नेतृत्वले फिर्ता गराएका थिए ।


१, २, ३ र ४ नम्बर प्रदेशका उम्मेदवारहरू भने छनोट हुन बाँकी छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेको छ, जसमा २९ एमालेको भागमा परेको छ । बाँकी उम्मेदवारहरुको चयन भने भोलि हुनेछ ।

को-को बने तीन प्रदेशबाट एमालेका उम्मेदवार ? 

प्रदेश नं ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी

२. खिमलाल भट्टराई (खुला), रुपन्देही

३. मीना बुढा (महिला), रोल्पा

४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला

२. नन्दा शर्मा ( महिला), सुर्खेत

३. नरपति लोहार (दलित), कालिकोट

४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट

५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७

१. कमला ओली (महिला), कैलाली

२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर

३. शेरबहादुर कुँवर (खुला), अछाम

४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै