2026-07-05 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभाका लागि संसद सचिवालयले खटायो कर्मचारी

2018-01-23

माघ ९, काठमाडौँ । संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनको शुरुवाती दिनमा सहजीकरणका लागि सहसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ ।  

प्रदेशसभामा कर्मचारीको व्यवस्थापन नभइसकेको अवस्थामा संसदीय अभ्यास र अनुभवका आधारमा संघीय संसद् सचिवालयले सात वटा प्रदेशसभाका लागि एक सहसचिवसहित चारजनाका दरले कूल २८ कर्मचारी पठाउने निर्णय भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । ती कर्मचारी आउँदो आइतबारदेखि खटिएका प्रदेशमा जानेछन् । 

मुख्य सचिव लोकदर्शन रेग्मी र महासचिव भट्टराईबीच भएको छलफलपछि सचिवालयले हाललाई ती कर्मचारी पठाए पनि प्रदेशसभामा पछि आफ्नै स्थायी सचिवालय बन्नेछ । 

खटिएकामध्ये सहसचिव १५ दिन र अन्य कर्मचारी एक महिनाका लागि काजमा खटाइएको सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए । प्रदेशसभामा नियमित कर्मचारी व्यवस्थापनका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । 

संघीय संसद् सचिवालयले तालीम, प्रशिक्षण र विशेषज्ञ सेवा दिन सक्ने भए पनि स्थायी रुपमा कर्मचारी पठाउन नसकिने जनाएको छ ।  गत मंसिर १० र २१ मा भएको निर्वाचनपछि प्रदेशसभाका सदस्यले यही माघ ७ गते शपथ लिइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै