2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ३ बाट राष्ट्रियसभामा एमालेका ६ उम्मेदवार चयन (सूचीसहित)

प्रज्वल पौडेल । माघ ९, काठमाण्डौ ।

नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागी सात वटै प्रदेशका उम्मेदवार चयन गरेको छ । एमाले स्थायी कमिटीको सोमबार र मंगलबारको बैठकले सातै प्रदेशका उम्मेदवारहरु चयन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार दोस्रो दिन बसेको स्थायी कमिटिको बैठकले प्रदेश नं ३ बाट ६ जना उम्मेद्वारको नाम टुङ्गाे लगाएको छ । 

१. पार्वती रावल (महिला), चितवन

२. उदया शर्मा (महिला), काठमाण्डौ

३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक

४. वलराम बाँस्कोटा (खुला), काठमाण्डौ

५. बेदुराम भुसाल (खुला) , काठमाण्डौ

६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेका थिए ।

प्रदेश नं ३ मा एमालेले ६ जना र माओवादी केन्द्रले २ जना उम्मेद्वार उठाउने सहमति गरेका थिए । जस अन्तरगत माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा  “वादल”लाइ (खुला) र गंगा पराजुलीलाइ (महिला) कोटामा उम्मेद्वार बनाएको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट रहने व्यवस्था छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई