2026-08-30 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कानून सिक्न जनप्रतिनिधी सुर्खेतमा

माघ ९, सुर्खेत । प्रदेश नम्बर ६ अन्तर्गत रहेका ५४ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु यतिवेला सुर्खेतमा छन् । 

उनीहरु स्थानीय सरकार सञ्चालनका लागि आवश्यक विषयगत कानून निर्माण सम्बन्धी ३ दिने कार्यशाला गोष्ठिका लागि सुर्खेतमा आएका हुन् । मंगलबारदेखि शुरु भएको उक्त गोष्ठी बिहीबारसम्म सञ्चालन हुनेछ ।

कार्यशालामा गाउँपालिका सञ्चालनमा देखिएका चुनौती र त्यसलाई समाधानका उपायहरुका बारेमा समेत छलफल हुने गाउँपालिका महासंघ प्रदेश ६ का अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए । 

उनले स्थानीय तह स्थापना भएको लामो समयसम्म पनि गाउँपालिका सञ्चालनमा अन्यौलता देखिएकाले विषयगत कानून अनिवार्य भएको बताए । यो कार्यशाला गोष्ठीबाट गाउँपालिकामा विभिन्न कार्यालयहरु सञ्चालन गर्न सहज हुने बताउँदै स्थानीय सरकार सञ्चालनका लागि यो गोष्ठी महत्वपूर्ण हुने बताए ।

नेपालमै पहिलो पटक सञ्चालन हुन लागेको विषयगत कानून निर्माण सम्बन्धी कार्यशाला गोष्ठीमा राज्य पुर्नसंरचना आयोगका अध्यक्ष तथा संघीय मामिलाविज्ञ काशीराज दाहाल, खाद्यका लागि कृषि अभियान संयोजक तथा कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल, शिक्षा नीति तथा अभ्यास केन्द्रका संयोजक तथा शिक्षा विद् टीका भट्टराई र स्वास्थ्य विज्ञ डा.निर्मला शर्माले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने