2026-07-05 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाका चुनाव अगावै कोमल वली सहित १७ जना सांसदमा निर्वाचित (नाम सहित)

माघ १०, काठमाडौं । राष्ट्रियसभाका चुनाव अगावै १७ जना सांसदमा निर्वाचित भएका छन् । आउँदो माघ २४ गते हुने मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु निर्विरोध निर्वाचित भएका हुन् । 

बुधबार सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको मध्ये प्रदेश नम्बर १, २, ५ र ७ मा सांसदहरु निर्विरोध निर्वाचित भएका हुन् । अन्य प्रदेशमा भने ८ मा ८ वटै सिटमा निर्वाचन हुनेछ ।

निर्वाचन अगावै को-को भए निर्विरोध निर्वाचित ?

प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेपछी उनीहरु निर्बिरोध निर्वाचित भएका हुन् । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरुनै निर्वाचित भएको घोषणा हुनेछ ।

त्यस्तै प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । यहाँ महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेपछी उनीहरु निर्विरोध भएका हुन् । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेपछी उनीहरु पनि निर्विरोध भएका हुन् । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरुनै निर्वाचित भएको घोषणा हुनेछ ।

त्यस्तै प्रदेश नम्बर ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुनेछन् ।

त्यस्तै प्रदेश नम्बर ७ बाट खुला र महिलातर्फ ३/३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका हुन् । यहाँ महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेपछी उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुनेछन् । तर निर्वाचन आयोगले तत्काल घोषणा भने गर्नेछैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै