2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद ढुङ्गेलको दाबी

प्रज्वल पौडेल । माघ ११, काठमाण्डौ । प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद कैलाश प्रसाद ढुङ्गेलले दाबी गरेका छन् । तीनलालको किल्ला रामेछाप जिल्लाबाट ३ नं प्रदेशमा मुख्यमन्‍‍त्रीको पदमा उम्मेदबारी दिदा तीनलालको भूमीको सम्मान हुने भन्दै मुख्यमन्‍‍त्रीको दावी उनले गरेका हुन् ।  पुष्पलाल,गंगालाल र कृष्णलाल प्रतिको सम्मान, मूल्यांकन सद्भाव हुने बताउदै ढुङ्गेलले बिहिबार सामाजिक संजाल फेशबुक स्टाटसमार्फत  मुख्यमन्‍‍त्रीमा उम्मेद्बारी दिने घोषणा गरे।

प्रतिनिधी सभा, प्रदेशसभा दुबैमा समानुपातिक कोटा र राष्ट्रिय सभामा समेत रामेछाप बञ्चित भएकोले पिडालाइ आफ्नो उम्मेद्बारीले थोरै भए पनि मह्लम लगाएको महसुस रामेछापेलीले गर्ने भएकाले पनि आफूले उम्मेद्वारी दिने बताएका छन् ।

धेरै पटक कम्युनिष्ट सरकारको सरकार बनेपनि सत्तामा कम्युनिष्ट पार्टीका संस्थापक नेता जन्मिएको जिल्लामा राज्यको नजर पर्न नसकेको भन्दै उनले यसपटक रामेछापले पाउनुपर्ने तर्क गरेका छन् । ढुङ्गेल वामगठबन्धनबाट रामेछाप निर्वाचन क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । राजधानीको नजिक भएपनि राज्यको अाँखामा रामेछाप टाढा रहेकाले संघीय प्रदेशको सरकारमा रामेछाप अटाउनुपर्ने रामेछापबासीको माग रहेको छ । ढुंगेल ०५४ सालको स्थानीय निकायको निर्वाचन पछि जिल्ला विकास समिति, रामेछापको सभापति भएर काम गरिसकेका व्यक्ति हन् ।   

यसैगरि बुद्दिजीवी परिषद् रामेछापका अध्यक्ष शंकर ढुङ्गेलले पनि उनलाइ मुख्यमन्त्री दिनुपर्ने धारणा राखेका छन् । सामाजिक संजाल फेशबुकमा उनले लेखेका छन् – “रामेछापको पालो हो । मुख्य मन्त्री रामेछापले पाउनु पर्दछ । क कैलाशको इतिहास छ । प्रदेशको बिकास गर्ने सपना छ । हिजो द्वन्द्वको रापमा खारिएको विचार छ । एकता गर्ने परम्परा छ । कैलाश सधै जनताको मनमा छ । तिनलालको सान छ । कसैप्रती नझुक्ने शिर सधै उच्च, जति दुख परेपनी हार नमान्ने गुण छ ।”

प्रदेश सांसदहरुले प्रदेश सपथ ग्रहण लिएसँगै जनसंख्या, र साधन स्रोतको हिसाबले देशकै सबैभन्दा ठूलो र धनी प्रदेश मानिएको ३ नम्बर प्रदेशको मुख्यमन्त्री, मन्त्री को बन्ला भन्ने चर्चासँगै दौडधुप सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई