८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र माओवादीले पार्टी एकतालाई छिटै निष्कर्षमा पुर्याउने

१५ माघ २०७४, सोमबार ०२:४२

माघ १५, काठमाडौं | नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्‍याउने सहमति गरेका छन् ।

ललितपुरमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

राष्ट्रियसभा चुनावको मिति नजिकिएकाले सबैभन्दा पहिले त्यसलाई सफल बनाउने र प्रदेशका मुख्यमन्त्रीको विषयमा संयुक्त कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा निर्णय गर्न समेत दुई पार्टीका अध्यक्ष तयार भएका छन् । अध्यक्ष ओली र अध्यक्ष दाहालबीच पाँच घण्टा एक्लाएक्लै छलफल भएको हो ।

राष्ट्रियसभामा वामपन्थीका उम्मेदवारलाई जिताउन प्रयास गर्ने र त्यसका लागि सबै तह र तप्कालाई संयुक्त निर्देशन दिने, स्थानीय तह र प्रदेशसभाका सदस्यलाई प्रभावकारी रुपमा चुनावमा सहभागी भएर वामगठबन्धनका उम्मेदवारको पक्षमा मत दिने वातावरण बनाउन दुवै पार्टीका अध्यक्ष सहमत भएका हुन् ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले राष्ट्रियसभा चुनावलाई सफल बनाउने विषयमा छलफल केन्द्रित रहेको उल्लेख गर्नुभयो । नयाँ सरकार गठन, पार्टी एकताबारे छलफल भए पनि निष्कर्षमा नपुगिएको बताइएको छ ।

छलफल जारी राख्दै शीघ्रातिशीघ्र पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्याउन अध्यक्षद्वय सहमत भएका हुन् ।

पार्टी एकता, प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल भए पनि कार्यदलले टुङ्ग्याएर ल्याउने प्रस्तावलाई अनुमोदन गर्ने सहमति पनि उहाँहरूबीच भएको छ ।

पार्टी एकताका सन्दर्भमा बाँकी रहेको विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गर्ने विषयमा नै छलफल केन्द्रित रहेको प्रेस संयोजक तिमिल्सिनाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार