2026-10-15 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ६ को पहिलो प्रदेश सभाको बैठकस्थल सर्यो

माघ १५, सुर्खेत । प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ । 

जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको प्रदेश सभाको पहिलो बैठक महोत्सवका कारण सिँचाइ डिभिजनको हलमा सारिएको हो । प्रदेश सभाको पहिलो बैठक माघ २१ गते दिनको १ बजेका लागि आह्वान गरिएको छ । 

“जिल्ला समन्वय समिति नजिकैको खुल्ला मञ्चमा महोत्सवको आयोजना गरिएकाले प्रदेश सभाको बैठक सिँचाइ डिभिजनको सभाहलमा गर्ने निर्णय गरेका हौँ”, प्रदेश प्रमुख दुर्गाकेशर खनालले भन्नुभयो, “सोही अनुसारको तयारी भइरहेको छ ।” 

प्रदेश सचिव भरत ढुंगानाका अनुसार सिँचाइको हलमा ८० जना अट्ने क्षमता छ । “हिजैदेखि सभाहलको रंगरोगन र सजावटको काम शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “२० गतेभित्र यहाँको सबै तयारी पूरा गर्छौं ।” 

प्रदेश सभाका लागि शैक्षिक तालीम केन्द्रको अडिटोरियम हल तय गरिएको छ । शैक्षिक तालिम केन्द्रको हल मर्मत भइराखेकाले कम्तीमा तीन महिनाका लागि प्रदेश सभाको बैठक सिँचाइको सभाहलमा बस्नेछ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने